Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा फेरी अर्की एक नेपाली महिला पनि मृत भेटिइन्, सहयोग संकलन सुरु

अष्ट्रेलियामा फेरी अर्की एक नेपाली महिला पनि मृत भेटिइन्, सहयोग संकलन सुरु


पर्थ/ सिड्नीमा एक नेपाली युवती आफ्नै कोठामा मृत भेटिएको एक साता बित्न नपाउदै वेष्टर्न अष्ट्रेलियाको पर्थमा यस्तै प्रकृतिको अर्को घटना घटेको छ ।
केही दिनअघि २६ वर्षिय नेपाली महिला आफ्नै युनिटमा मृत भेटिएकी हुन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । गैर आवासिय नेपाली संघ वेष्टर्न अष्ट्रेलियाले सार्वजनिक गरेको सुचना अनुसार जनवरी २० तारिख राति प्रभा पाण्डे पौडेलको दुखद निधन भएको हो । बुटवल स्थाई घर भएकी प्रभा, ६ वर्ष अघि अध्ययनका लागि श्रीमानसंगै अष्ट्रेलिया आउनु भएको थियो ।


अध्ययन सकेर टिआर भिषामा रहेका प्रभाले हालै मात्रै १९० पिआरका लागि आवेदन समेत दिनुभएको थियो । एनआरएनए वेष्टर्न अष्ट्रेलियाका सचिव प्रमेश केसीका अनुसार प्रभाको दुइ महिना अघि ६ हप्ताको बच्चाको समेत निधन भएको थियो । निकै मिजासिलो स्वाभावकी प्रभा घटना भएको साझ पनि साथीको घरमा डिनर गरेर फर्किनु भएको केसीले जानकारी दिनुभयो ।
प्रभाको शव नेपाल पठाउने बारे श्रीमान र परिवारसंग सल्लाह भइरहेको छ । बच्चाको उपचार खर्च नै तिरिनसकेको बेला प्रभाको श्रीमानलाई श्रीमतीको शव नेपालमा पठाउनका लागि खर्च कहाँबाट ल्याउने भन्ने चिन्ताले सताएको सचिव केसीले बताउनुभयो । यस्तो दुखद घडीमा साथ दिनका लागि एनआरएनए वेष्टर्न अष्ट्रेलियाले समुदायसंग सहयोगका लागि अपिल गरेको छ । जसका लागि एनआरएनएले बैंक खातामा सहयोग संकलन गरिदिन समेत सबैमा आग्रह गरेको छ ।
तपाई पनि सहयोग गर्न चाहानुहुन्छ भने
एनआरएनए वेष्टर्न अष्ट्रेलियाको निम्न खातामा सहयोग संकलन गर्न सक्नुहुन्छ ।

Account Details ;
•A/ C Name : NRNA-WA
•BSB: 032-006
•A/C No: 561999
तपाईमा मानसिक तनावमा हुनुहुन्छ भने यो नम्बरमा कल गर्नुस
https://www.lifeline.org.au/131114/



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ