Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsफाइजर र बायोएनटेकले थाले ओमिक्रोन–विशेष कोभिड–१९ खोपको परीक्षण, कहिले मिल्ला सफलता ?

फाइजर र बायोएनटेकले थाले ओमिक्रोन–विशेष कोभिड–१९ खोपको परीक्षण, कहिले मिल्ला सफलता ?


काठमाडौं । फाइजर र बायोएनटेक कम्पनीले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन–विशेष कोभिड–१९ खोपको परीक्षण सुरु गरेका छन्। कम्पनीहरूले नयाँ खोपबाट प्राप्त सुरक्षालाई बुस्टर मात्राको रूपमा र खोप नलगाएका व्यक्तिमा तीनवटा छुट्टाछुट्टै मात्रा लगाएर परीक्षण गर्ने योजना बनाएर परीक्षण अघि बढाएका हुन ।

१४ सय भन्दा धेरै वयस्कलाई परीक्षणमा सहभागी गराइने बताइएको छ। अमेरिकी कम्पनी मोर्डना, अक्सफर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले पनि कोरोनाको उत्परिवर्तित स्वरुप ओमिक्रोनविरुद्धको नयाँ खोप बनाइरहेका छन्। खोप विकासकर्ताहरूले जहिले पनि नयाँ भेरियन्टहरू देखा पर्दा तिनीहरूको मूल कोभिड खोपहरू परिमार्जन गर्ने योजना अनुसार खोप निर्माण र परिक्षणलाई जोड दिएका छन् ।

पछिल्लो दुई महिनामा द्रूत रूपमा फैलिएको ओमिक्रोन स्ट्रेनको आगमनले खोपको प्रक्रियालाई छिटो बनाइदिएको छ। धेरै देशहरूले मौलिक खोपको बुष्टर वा तेस्रो डोज प्रस्ताव गरेका छन्। जसले गम्भीर रोग र मृत्युविरुद्ध राम्रो स्तरको सुरक्षा प्रदान गरिरहेको स्वास्थ्य विज्ञले बताएका छन्।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ