Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार, विदेशमा बस्ने २१ लाख ६९ हजार

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार, विदेशमा बस्ने २१ लाख ६९ हजार


काठमाडौं । २०७८ मा सम्पन्न जनगणनाको तथ्यांकअनुसार अक्सर विदेशमा बस्ने जनसंख्या २१ लाख ६९ हजार ४ सय ७८ रहेको पाइएको छ । यो संख्या परिवारबाट अलग भई विदेशमा बसोबास गरेकाहरुको हो । यसमा पुरुष ८१.२८ प्रतिशत र महिला १८.७२ प्रतिशत रहेका छन् ।

२०६८ सालमा यस्तो जनसंख्या १९ लाख २१ हजार ४ सय ९४ रहेको थियो । त्यसबेला पुरुषको संख्या ८७.६४ प्रतिशत रहेकोमा पछिल्लो १० वर्षमा महिलाहरु विदेशिने क्रम बढेको देखिएको छ । २०६८ को तुलनामा ७१.०९ प्रतिशत बढी महिला विदेशिएका छन् तराईबाट सबैभन्दा बढी विदेशिएको पाइएको छ ।

नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०
नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । यो वर्ष २०७८ मा सम्पन्न गरिएको जनगणनाले नेपालका कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको तथ्यांक विभागले जानकारि दिएको हो । पुरुषको संख्या महिलाको तुलनामा कम छ । ६८ सालको असार महिनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो । यो १० वर्षमा नेपालको जनसंख्या २७ लाखले बढेको छ । यो १० प्रतिशतभन्दा बढी हो ।

विभागले यो वर्ष दुई चरण गरेर देशको जनगणना सम्पन्न गरेको थियो । यसका लागि ५० हजारभन्दा बढी जनशक्ति खटाइएको थियो । जनगणनाबाट सबैभन्दा बढी परिवार मधेश प्रदेशमा पाइएको छ भने सबैभन्दा कम परिवार गण्डकी प्रदेशमा छन् । अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ । विभागका अनुसार यसपटक ०.९३ प्रतिशत वृद्धिदर छ । अघिल्लोपटक एक प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर रहेको थियो । देशभरको जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर रहेको पाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ