Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपालबाट चोरी भएको ८ सय वर्ष पुरानो टुडाल अष्ट्रेलियाको ग्यालरीमा

नेपालबाट चोरी भएको ८ सय वर्ष पुरानो टुडाल अष्ट्रेलियाको ग्यालरीमा


सिड्नी/ सन् १९८० मा काठमाडौ उपत्यकाबाट चोरी भएको ऐतिहासिक टुडाल सिड्नीको आर्ट ग्यालरी अफ न्यु साउथ वेल्समा प्रदर्शनीमा राखिएको छ ।
सुलिमा मन्दिरको ८ सय वर्ष पुरानो टुडाल सन् २००० देखि आर्ट ग्यालरीमा राखिएको छ । ४० वर्ष अघि चोरी भएको टुडाल एसियाली कला संकलक एलेक्स बियनकार्डीले आर्ट ग्यालरीलाई हस्तान्तरण गर्नुभएको हो । एलेक्स र ग्यालरी दुबैलाई यो सम्पदा चोरी भएको थियो भन्ने थाहा नभएको बुझिएको छ ।

आर्ट ग्यालरीले प्रर्दशनीमा राखेपछि सन् २००१ तिरै नेपालका अभियन्ताहरुले फिर्ता लैजाने पहल सुरु गरेका थिए । आर्ट ग्यालरीले फिर्ता दिने जनाउदै आएपनि २० वर्ष बितिसक्दा पनि सो प्रकृया अघि बढ्न सकेको छैन । १ दशमलव ३ मिटर लामो टुडाल फिर्ता गनुपर्ने बारे स्थानिय संचारमाध्यम एबिसिले हालै एक लेख प्रकाशन गरेको छ ।
स्थानिय संचारमाध्यमसंग कुरा गर्दै ग्यालरीका प्रवक्ताले टुडाल फिर्ता गर्ने चरण निकै महत्वपुर्ण भएको तथा कोभिडका कारणले यो प्रकृया सुस्त भएको स्विकार्नुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ