Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustralia‘अष्ट्रेलिया डे’को नेपाली कार्यक्रम, यसरी भब्य रुपमा सम्पन्न भयो भर्चुअल माध्यमबाट !

‘अष्ट्रेलिया डे’को नेपाली कार्यक्रम, यसरी भब्य रुपमा सम्पन्न भयो भर्चुअल माध्यमबाट !


ब्रिजबेन । बढ्दो कोरोना संक्रमणको जोखिमलाई ख्याल गर्दै ‘अष्ट्रेलिया डे’को नेपाली कार्यक्रम अनलाईन माध्यमबाट सम्पन्न गरिएको छ । कार्यक्रमलाई जुम तथा फेसबुकमार्फत आयोजना गरिएपनि हुर्कदै गरेको नेपाली समाजलाई बृहत अष्ट्रेलियाली समुदायसंग घुलमिल हुन सहयोग गर्ने विश्वास आयोजकले लिएका थिए ।

अनलाईन कार्यक्रममार्फत नै भएपनि घरमै बसेर नेपाली कला, संस्कृति झल्कने गित संगित र नाचगानको मजा लिइएको थियो । आयोजकले सबैलाई जुम मार्फत सहभागी हुन आग्रह गरे अनुसार नै अष्ट्रेलियाका विभिन्न समूदायमा आवद्ध नेपाली, एनआरएनए मेम्बर लगायतको सहभागिता भएको थियो । नेशनल अष्ट्रेलिया डे काउन्सिलको अनुदानमा नेपलिज आर्ट, कल्चर एण्ड लिटरेचर एकेडेमी अफ अष्ट्रेलियाले जुम मार्फत आयोजना गरेको कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमको प्रस्तुती गरिएका थिए ।

कार्यक्रममा कुइन्सल्याण्डका समाजकि संघसंस्थाहरु गैर आवासिय नेपाली संघ कुन्सल्याण्ड, नेपलिज एशोसियसन अफ कुइन्सल्याण्ड एनएक्यु, कुइन्सल्याण्ड नेपलिज कल्चरल सेन्टर क्युएनसिसि, नेपलिज अष्ट्रेलियन टेनिस क्लब, शेर्पा किदुंग लगायतको सहभागीता भएको थियो । भौतिक उपस्थितिमा भब्य कार्यक्रम आयोजना गर्न संघसंस्थाका प्रतिनिधी, संचारकर्मी तथा सहयोगीहरुको एक मुल आयोजक समिति समेत बनाइएकोमा यसैले भर्चुअल माध्यमबाट कार्यक्रम सम्पन्न गरेको थियो ।

यस्तो थियो अष्ट्रेलिया डे’को नेपाली कार्यक्रम भिडियोसहित :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ