Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaओमिक्रोनको नयाँ प्रजाति अष्ट्रेलियामा पनि देखियो, अहिलेसम्म छैन जोखिम

ओमिक्रोनको नयाँ प्रजाति अष्ट्रेलियामा पनि देखियो, अहिलेसम्म छैन जोखिम


ब्रिजवेन/ओमिक्रोनको नयाँ उपप्रजाति अष्ट्रेलिया पनि भेटिएको छ । बिए २ भनिने यो उपप्रजाति अन्य ५५ वटा देशमा पनि देखिसकेको छ । पिसिआर परिक्षणबाट पत्ता लगाउन जटिल हुने भएकाले यसलाई लुकेर बसेको ओमिक्रोनको ‘चोर’ उपप्रजाति पनि भन्न थालिएको छ । अग्रजीमा ‘स्टिल्थ’ समेत भन्न थालिएको यो उपप्रजातिको २८ म्युटेसन देखिएको छ । यसअघिको ओमिक्रोन प्रजातिको म्युटेसन ३२ थियो ।

अमेरिका र अष्ट्रेलियाका केही राज्यहरुमा समेत देखिन थालेको यो उपप्रजाति कत्तिको जोखिम छ त ? के अहिले हामीले लगाएको खोपले यसमा पनि काम गर्छ त भन्ने प्रश्न अहिले टड्कारो बनेको छ । डेनमार्कमा बढी मात्रामा देखिएको यो उपप्रजातिको स्वभाव बारे वैज्ञानिकहरुले अध्ययन सुरु गरिसकेका छन् ।

प्रारम्भिक अध्ययन अनुसार ओमिक्रोनको सुरुको प्रजाति भन्दा यो उपप्रजाति केही छिटौ फैलिएने गरेपनि बढी बिरामी बनाउने गरेको प्रमाण भने भेटिएको छैन । हाल हामीले प्रयोग गरिरहेको खोपको प्रभाव पनि उत्तिकै देखिएकाले अहिले नै डराइहाल्नुपर्ने अवस्था नरहेको जानकारहरुले बताएका छन् ।

त्यसो त अष्ट्रेलियाको स्वास्थ्य मन्त्रालयले यस नयाँ प्रजातिका बारेमा सुक्ष्म निगरानी गरिरहेको जनाएको छ । विज्ञहरुले बुष्टर खोप लगाउन, मास्क लगाउन तथा सामाजिक दुरी कायम भने गरिरहन सल्लाह दिएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ