न्युजिल्याण्डले अक्टोबरमा मात्रै विद्यार्थीका लागि सिमा खोल्ने, यस्ता छन् ५ चरण
ब्रिजवेन/ नेपाली विद्यार्थीका लागि एसिया प्रशान्त क्षेत्रमा अष्ट्रेलियापछि न्युजिल्याण्ड राम्रो शैक्षिक गन्तव्य बन्दै आएको छ । तर, कोभिडका कारणले झण्डै २ वर्षदेखि सिमा बन्द हुदा सयौं नेपाली विद्यार्थी न्युजिल्याण्ड आउन पाएका छैनन् । नेपाली लगायत विदेशी विद्यार्थीहरुले न्युजिल्याण्ड आउन अझै ८ महिना कुर्नुपर्ने भएको छ ।
न्युजिल्याण्ड सरकारले सिमा खोल्नका लागि सार्वजनिक गरेको ५ चरण अनुसार विदेशी विद्यार्थीका लागि आगामी अक्टोबरमा मात्रै सिमा खुल्ला गर्ने उल्लेख । ५ चरणको अन्तिममा मात्रै विद्यार्थी र पर्यटक भिषावालालाई आउन दिने तयारी छ । तर, अप्रिल १२ तारिखपछि भने ५ हजार विदेशी विद्यार्थीलाई आउन दिने न्युजिल्याण्ड सरकारको तयारी छ । अन्तराष्ट्रिय विद्यार्थीबाट न्युजिल्याण्डले वार्षिक ५ विलियन डलरको आम्दानी गर्दै आएको छ । त्यस्तै यस क्षेत्रले मात्रै न्युजिल्याण्डमा ४५ हजार रोजगारी सृजना गर्दै आएको छ ।
लामो समयदेखि विद्यार्थीका सिमाना कहिले खुल्छ भन्ने एकिन नहुदा समस्या झनै थपिएको थियो । तर, ढिलै भएपनि न्युजिल्याण्डले स्पष्ट मिति घोषणा गरेकाले शैक्षिक क्षेत्रका सरोकारवालाले यसलाई स्वागत गरेका छन् । यद्धपी अष्ट्रेलिया, वेलायत र क्यानाडाले विद्यार्थीका लागि सिमा खुल्ला गरिसकेकाले न्युजिल्याण्डले ढिला गरि सिमाना खोल्दा विद्यँर्थी गुमाउने डर पनि उत्तिकै छ ।
सिमा खोल्ने ५ चरण यस्ता छन्
चरण १- फेब्रुअरी २७, २०२२ बाट पुर्ण खोप लगाएका न्युजिल्याण्ड नागरिक र पिआरवाला अष्टे्रेलियाबाट फर्कन पाउने
चरण २ – मार्च १३, २०२२ पुर्ण खोप लगाएका नागरिकहरु संसारको सबै ठाउबाट स्वदेश फर्कन पाउने । यस चरणमा वर्किङ्ग होलि डे भिषा र दक्ष कामदार पनि आउन पाउने ।
चरण ३- अप्रिल १२, २०२२, यस चरणमा ५ हजार विदेशी विद्यार्थीलाई आउन दिने
चरण ४- जुलाई २०२२ देखि पुर्ण खोप लगाएका अष्ट्रेलियन र भिषा नलाग्ने पर्यटकका लागि सिमा खुल्ला हुन सक्ने ।
चरण ५- अक्टोबर २०२२ देखि विदेशी विद्यार्थी र पर्यटक तथा अन्य भिषावहाकका लागि सिमा खुल्ला गरिने ।
ट्याग : #Australia, #international student, #new zealand border
तपाईको प्रतिक्रिया