Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaतास्मानिया आउदै हो ? निशुल्क एयरपोर्ट पिकअपको व्यवस्था यस्तो छ

तास्मानिया आउदै हो ? निशुल्क एयरपोर्ट पिकअपको व्यवस्था यस्तो छ


होबार्ट/ अध्ययनका लागि अष्ट्रेलियाको तास्मानिया आउदै हुनुहुन्छ ? विमानस्थलमा लिन आउने कोही छैन भने अब चिन्ता गर्नुनपर्ने भएको छ । किनकी तास्मानियाका युवाहरुले नयाँ विद्यार्थीलाई विमानस्थलबाट पिकअप गर्ने निशुल्क सेवा सुचारु गरेका छन् । गैरआवासिय नेपाली संघ तास्मानियाको युवा फोरमले आइतबारदेखि होबार्ट र लनचेष्टरबाट एयरपोर्ट पिकअपको निशुल्क सेवा सुरु गरेको हो ।

नेपालट्युबसंग कुरा गर्दै युवा फोरमका संयोजक सुरज अधिकारीले दुबै विमानस्थलबाट सातै दिन चौबिसै घण्टा पिकअप गर्नका लागि स्वयमसेवकहरु तयारी हालतमा रहेको जानकारी दिनुभयो । नेपालबाट पहिलो पटक आउदै गरेका विद्यार्थीलाई विमानस्थलमा पिकअप गर्न आउने मान्छे नभएर समस्या पर्ने गरेको विगतको अनुभवबाट सिकेर सिमाना खुल्ने बित्तिकै यस्तो सेवा सुरु गरिएको सुरजले बताउनुभयो ।

विद्यार्थीले सेवा लिनका लागि आउनुभन्दा केही दिन अगाडी फोन वा इमेल मार्फत आफ्नो विवरण टिपाएर एयरपोर्ट पिकअप बुक गर्न सक्नेछन् । जसका लागि समाचारको पुछारमा उल्लेख भएको नम्बर र इमेलमा सम्पर्क गर्नुपर्ने हुन्छ । बस्ने ठाउ नपाएका विद्यँर्थीले समयमै सम्पर्कमा गरेमा फोरमले कोठा खोजी दिन समेत सहयोग गर्ने सुरजको भनाई छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ