कुइन्सल्याण्डको अधिकांश स्थलमा क्युआर चेक इन गर्न नपर्ने
ब्रिजवेन/कुइन्सल्याण्ड राज्यका अधिकांश स्थलमा क्युआर चेक इन गर्न नपर्ने भएको छ । तर, केही स्थानमा अझै पनि प्रवेशका लागि खोप लगाएको प्रमाण देखाउनका लागि चेकइन गर्नुपर्नेछ । आज सोमबारदेखि पसल, सुपरमार्केट, ट्याक्सी र राइडसेयरमा क्युआर चेक इन गर्नुपर्दैन ।
तर, क्लब, होटल, क्याफे र रेष्टुरेन्टहरुमा भने प्रवेशका लागि अझै पनि खोप लगाएको प्रमाण देखाउनका लागि चेक इन गर्नुपर्नेछ । खोप नलगाएकाहरुलाई यी स्थानमा अझै पनि प्रवेश निषेध गरिएको छ । खोपको प्रमाणपत्र देखाउन नपर्ने अन्य सबै स्थानमा चेकइन गर्नुपर्ने नियम हटाइएको राज्यका स्वास्थ्यमन्त्री भेट डाथले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया