Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमलेसियास्थित नेपाली दूतावासबाट पनि विद्युतीय राहदानी वितरण सुरु !

मलेसियास्थित नेपाली दूतावासबाट पनि विद्युतीय राहदानी वितरण सुरु !


काठमाडौं । मलेसियामा रहेको नेपाली दूतावासबाट पनि विद्युतीय राहदानी वितरणको काम सुरु भएको छ । बुधबार एक कार्यक्रमकाबीच दूतावासले विद्युतीय राहदानीको लाइभ इनरोलमेन्टको सफल परीक्षण गर्दै विद्युतीय राहदानी वितरण थालिएको जानकारि दिएको हो ।

दूतावासले राहदानी नवीकरण गर्न आएका श्यामकुमार चौधरीको राहदानी नवीकरणको लाइभ इनरोलमेन्ट गरी विद्युतीय राहदानीको सुरुवात गरेको थियो । दूतावासबाट लाइभ इनरोलमेन्ट गरिएको राहदानी विभागबाट प्रिन्टसमेत गरेर सफलताका साथ परीक्षण गरिएको छ । दूतावासले पहिलो दिनमा नै ३३ जनाको राहदानी नवीकरणका लागि लाइभ इनरोलमेन्ट गरेको बताइएको छ । दूतावासले सुरुवातको एक हप्ता सीमित व्यक्तिलाई मात्र अनलाइन बुकिङको आधारमा सेवा दिने र त्यसपछि नियमित रूपमा विद्युतीय राहदानी जारी गर्ने जानकारि दिएको छ ।

दूतावासका अनुसार मलेसियामा २ लाखभन्दा धेरै नेपालीहरू रहेका छन् । यो सुविधाबाट लाखौँ नेपाली लाभान्वित हुने विश्वास गरिएको छ । विदेशमा रहेको नपाली नियोगहरूमा सबैभन्दा पहिला कतारमा रहेको नेपाली दूतावासले विद्युतीय राहदानी प्रदान गरेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ