Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsऐतिहासिक उडानको खुसीयाली साटेका क्याप्टेन विजय लामाको किन मागिदैछ राजिनामा ?

ऐतिहासिक उडानको खुसीयाली साटेका क्याप्टेन विजय लामाको किन मागिदैछ राजिनामा ?


काठमाडौं । नेपाल बायुसेवा जिगमनको जहाजले आज फेरि ऐतिहासिक उडान भरेको छ । क्याप्टेन विजय लामाले पहिलो चोटि काठमाडौ बाट तृपोलि ( लिबिया) सम्मको उडान भर्न सफल भएको जानकारि दिनुभएको हो । उहाँले United Nations Peace keeping को chartered उडान ऐतिहासिक भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत खुसी साट्नुभएको छ ।

यो उडानको चालक दल सदस्यका रुपमा रहेकाहरुको नाम समेत क्याप्टेन लामाले सार्वजनिक गर्नुभएको छ । क्याप्टेन श्रवण रिजाल, सह चालक भोगेन्द्र कठायत, प्रसान्त श्रेष्ठ, जिवेश लामा अनि सुनिल श्रेष्ठको साथमा म ! भन्दै फोटो सार्वजनिक गर्नुभएका लामाले सधै हाम्रा सेनामा हुनु हुने भाइ बहिनिहरुलाइ यसरी नै सेवा गर्न पाए कति राम्रो हुन्थ्यो होला! भन्दै आशा व्यक्त गर्नुभएको छ । यसअघि उद्धार उडानका रुपमा क्याप्टेन लामाले अष्ट्रेलियाको ब्रिजबेनमा सफल उडान भर्नुभएको थियो ।

केही समय अघिमात्रै ठूलो सङर्ष र कडा मिहिनेतपछिको सफलता भन्दै क्याप्टेन श्रवण रिजाल र आफू नेपालको उड्डयन इतिहासकै पहिलो वाइडबडी जहाजको प्रशिक्षक बन्न सफल भएको खुसीयाली क्याप्टेन लामाले साट्नुभएको थियो ।

यता, लामो उडानको सफलताको खुसी क्याप्टेन लामाले साट्दैगर्दा निगमका क्याबिन क्रुहरूले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र अपरेशन विभागका निर्देशकलाई सामूहिक हस्ताक्षर बुझाएर क्याबिन क्रु डिभिजनका उप–निर्देशक पदबाट विजय लामाको राजिनामा माग गरेका छन् । लामाको काम गर्नै शैली विधिसम्मत नभएको तथा नीति नियमभन्दा बाहिर गएर निर्णयहरू भएको भन्दै एक सयभन्दा बढी क्याबिन क्रुले हस्ताक्षर गरेर बुझाइएको क्याबिन क्रु संघका सचिव पीवी कार्कीले जानकारि दिनुभयो । नेपाल वायु सेवा निगम क्याबिन क्रु संघकै तर्फबाट लामाको राजीनामा मागिएकाले पाइलट तथा कर्मचारीहरूबीच खैलाबैला मच्चिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ