Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालका बैंकबाट अब घरमै बसेर ५ लाखसम्म ऋण लिन पाउने, यी ग्राहकले पाउँछन सुविधा

नेपालका बैंकबाट अब घरमै बसेर ५ लाखसम्म ऋण लिन पाउने, यी ग्राहकले पाउँछन सुविधा


काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा (डिजिटल लेण्डिङ) सम्बन्धी मार्गदर्शन जारी गरेसँगै बैंक तथा वित्तीय संस्थाहरूले अब ग्राहकलाई विद्युतीय माध्यमबाट कर्जा (ऋण) दिन पाउने भएका छन् । राष्ट्र बैंकले जारी गरेको मार्गदर्शनमा बैंक तथा वित्तीय संस्थाहरूले विद्युतीय माध्यमबाट बढीमा पाँच लाखसम्म कर्जा दिन पाउने उल्लेख गरिएको छ ।

बैंक तथा वित्तीय संस्थामा रहेको तलबी, पेशागत वा व्यावसासिक खाता भएका ग्राहकले मात्र यो सेवा पाउँने बताइएको छ । विद्युतीय कर्जा प्रदान गर्नको लागि बैंक तथा वित्तीय संस्थाहरूले बेग्लै वेबसाइट (पोर्टल) बनाएर सोही माध्यमबाट निवेदनलगायत आवश्यक कागजपत्र लिनुपर्ने व्यवस्था गरिएको छ । कर्जा स्वीकृत भए नभएको जानकारी पनि सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकलाई डिजिटल माध्यमबाट नै दिनुपर्ने राष्ट्र बैंकको व्यवस्थामा भनिएको छ ।

डिजिटल माध्यमबाट लिइएको कर्जा बढीमा तीन वर्षभित्र तिरी सक्नुपर्ने समयसिमा राखिएको छ । यो कर्जा सेवामा एकैपटक वा किस्ताबन्दी रुपमा तिर्न पाइने सुविधा समेत राखिएको राष्ट्र बैंकले जानकारि दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ