एनआरएनएको चुनावी कार्यतालिका सार्वजनिक, मार्च २१ र २२ मा मतदान
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत भीमसेन बन्जराले मनोनयन दर्ताको मिति यही फागुन २० (मार्च ४) गते निर्धारण गरेर तालिका सार्वजनिक गरिएको जानकारि दिनुभएको हो ।
आगामी बिहीबारदेखि फागुन १० गतेसम्म प्रारम्भिक महाधिवेश प्रतिनिधिको नामावली प्रकाशन गर्ने कार्यक्रम तालिकामा राखिएको छ । चैत ७ र ८ गते मतदान कार्यक्रम रहेको निर्वाचन समितिले जारी गरेको तालिकामा उल्लेख छ । एनआरएनको चुनावी तालिका सार्वजनिक भएसँगै विश्वभरका नेपालीहरुमा चुनावी सरगर्मी बढेको छ ।
यस्तो छ, एनआरएनएको निर्वाचन तालिका :
तपाईको प्रतिक्रिया