Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल, बैशाख १ गतेदेखी भैरहवाबाटै अन्तर्राष्ट्रिय उडान !

नेपालमा दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल, बैशाख १ गतेदेखी भैरहवाबाटै अन्तर्राष्ट्रिय उडान !


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी वैशाख १ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताउनुभएको छ । शनिबार विमानस्थलको अनुगमन तथा निरीक्षणका लागि भैरहवा पुग्नु भएका मन्त्री आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २०७९ सालको सुरुवातीदेखी नै अन्तर्राष्ट्रिय उडान सुरु गरिने जानकारि दिनुभएको हो ।

मन्त्री आलेले निरिक्षणका क्रममा भन्नुभयो, “हामी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा रुपमा अन्तर्राष्ट्रिय उडान गर्ने तयारीमा छौँ, अन्तर्राष्ट्रिय उडान सुरु भए यहाँका नागरिकलाई हसज हुने छ ।” मन्त्री आलेले भारतसँग सिधा रुट अनुमती लिनका लागि लिमा ६२६ का विषयमा पहल भइरहेको जानकारी समेत दिनुभएको छ । भारतीय नागरिक उड्डयनमन्त्री सकारात्मक भएकाले यो समस्या चाँडै समाधान हुने मन्त्री आलेले जानकारी दिनुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल देशको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भएकाले यहाँबाट अन्तर्राष्ट्रिय उडान सुरु भए काठमाडौंको एअर–ट्राफिकको समस्या समाधान हुने मन्त्री आलेको दाबी थियो ।

“भैरहवा नजिकै शान्ति दुत गौतमबुद्ध जन्मिनु भएको स्थल लुम्बीनी भएकाले यहाँबाट अन्तर्राष्ट्रिय उडान सुरु भए हजारौँ बुद्धिष्ट तथा लाखौँ पर्यटकहरुको आवागमन सहज हुने मन्त्री आलेले बताउनुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई यथासक्य छिटो सूचारु गराएर पश्चिम नेपालका नागरिकहरुको विदेश यात्राका लागि काठमाडौै धाउनुपर्ने बाध्यता समाधान गर्नेतर्फ आफ्नो प्रयास जारी रहने मन्त्री आलेले विश्वास दिलाउनुभएको छ ।

विमानस्थलको भौतिक निर्माणको काम सम्पन्न भइसकेपश्चात अहिले प्राविधिक परिक्षणका लागि क्यालिब्रेशन फ्लाइटको काम भैरहेको छ । करिब ७ देखि १० दिनसम्म एरो थाइको विमानले क्यालिब्रेशन फ्लाइटको काम सम्पन्न गरेपनि नेपाल एयरलाइन्सबाट नियमित उडान सुरु हुने बताइएको छ । उडान तालिका समेत सार्वजनिक गर्न बाँकी छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ