Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsश्रीमानको हत्या आरोपमा एक सहयोगीसहित महिला पक्राउ

श्रीमानको हत्या आरोपमा एक सहयोगीसहित महिला पक्राउ


दाङ । नेपाल प्रहरीले श्रीमानको हत्या आरोपमा एक महिलासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले दाङ राप्ती गाउँपालिका वडा नं ३ बसन्तपुरका लप्टेन चौधरीको हत्या आरोपमा उनकी ५० वर्षीया पत्नी र गढवा गाउँपालिका ३ मसुरियाका ५२ वर्षीय एक पुरुषलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उमादेवीले आफ्नो श्रीमान् लप्टेन चौधरी फागुन १ गते गोवरडिया गएको तर नफर्केको भन्दै खोजतालका लागि प्रहरीमा निवेदन दिएकी थिइन् । उनका श्रीमान् चौधरीको शव फागुन ५ गते गढवा गाउँपालिका – २ स्थित राप्ती नदी किनारमा फेला पारेको थियो । उमादेवी र आफन्तले लप्टेनको शव पहिचान गरेका थिए ।

चौधरीको हत्यापछि शव खोलामा फालिएको खुलेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएर आरोपित पक्राउ गर्न सफल भएको थियो । सोधपुछ गर्ने क्रममा लप्टेनको हत्या पत्नी उमादेवी र चौधरीले मिलेर गरेको खुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले जानकारि दिनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ