Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकाठमाडौंबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ, कारण यस्तो…

काठमाडौंबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ, कारण यस्तो…


काठमाडौं । मध्यबानेश्वर क्षेत्रबाट प्रहरीले चिनियाँ नागरिकसहित ३७ जनालाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा काठमाडौं प्रहरी परिसरको टोलीले सोमबार राति उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई अहिले प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेर थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दीनेशराज मैनालीले जाकानरि दिनुभयो । अनलाइनबाट जुवा खेलाउने, धम्क्याउने गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको र आवश्यक अनुसन्धान अघि बढाइएको बताइएको छ ।

क्यासिनोमा नेपालीको प्रवेश रोकिएपछि अहिले अनलाइन जुवा खेल्ने र खेलाउनेहरु बढ्न थालेको पाइएको छ । प्रहरीले पटक पटक अनलाईन जुवा खेल्ने खेलाउने गरेकाहरुलाई पक्राउ गरेको घटनाले समेत यसलाई पुष्टि गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ