Techie IT
Wednesday December 2, 2020  |   बुधबार, मंसिर १७, २०७७
गृहपृष्ठ » News » हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेप्रति एनआरएनए अष्ट्रेलियाकाे शाेक वक्तव्य

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेप्रति एनआरएनए अष्ट्रेलियाकाे शाेक वक्तव्य


228 Views

सिड्नी

बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति एनआरएनए अष्ट्रेलियाले श्रद्धान्जली व्यक्त गरेकाे छ । 

संघका प्रवक्ता डिला खरेलद्वारा जारी शाेक वक्तव्यमा भनिएकाे छ – ‘पर्यटनमन्त्री रबिन्द्र अधिकारीसहित सात जनाकाे निधन भएकाे अत्यन्त दुखद दुर्घटना र अकल्पनिय घटनाप्रति एनआरएनए अष्ट्रेलिया दुख व्यक्त गर्दछ’ । 

ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको  हाे ।

तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट काठमाडौं फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।

हेलिकोप्टरमा सवार पर्यटनमन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको हो ।

 

एनआरएनए अष्ट्रेलियाकाे शाेक वक्तव्य
क्याटेगोरी : News



प्रतिक्रिया दिनुहोस

-Advertisement-