Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा बढ्दै पर्यटकको चहलपहल, जनवरीमा अस्ट्रेलियाबाट आए १२१३ जना पर्यटक !

नेपालमा बढ्दै पर्यटकको चहलपहल, जनवरीमा अस्ट्रेलियाबाट आए १२१३ जना पर्यटक !


काठमाडौं । कोरोना महामारीले थलिएको नेपाली पर्यटन उद्योग चलायमान हुने शुभ सङ्केत देखिन थालेको छ । गत जनवरी महिनामा १५० देशका १६ हजार ९७५ जना पर्यटकले नेपाल भ्रमण गरेसँगै लामो समय सिथिल बनेको पर्यटन उद्योग चलायमान हुने देखिएको हो ।

अध्यागमन विभागले २०२२ को जनवरीमा नेपाल भित्रने पर्यटकमा १० हजार ८१० जना पुरुष र ६ हजार १५७ जना महिला रहेको जाकारि दिएको छ । जनवरीमा नेपाल प्रवेश गर्ने ८ जनाको भने पहिचान खुलेको छैन । जनवरीमा अस्ट्रेलियाबाट १ हजार २ सय १३, बंगलादेशबाट १ हजार २ सय ३६, चीनबाट ३ सय २१, जर्मनीबाट ३ सय ६५, भारतबाट ३ हजार ९ सय १६, बेलायतबाट १ हजार ८ सय २४ र अमेरिकाबाट ३ हजार २ सय ५७ जना पर्यटक नेपाल आएका छन् । गत जनवरीमा नेपाल भ्रमणमा आएका मध्ये १७ हजार ९८४ जना पर्यटक स्वदेश फर्किसकेका छन् । यसरी फर्कनेमा ११ हजार ६१७ जना पुरुष र ६ हजार ३६१ जना महिला पर्यटक रहेको अध्यागमन विभागले जानकारि दिएको छ । फर्कनेमध्ये ६ जनाको पहिचान खुलेको छैन । जनवरीमा कूल ३४ हजार ९५९ जना पर्यटकले नेपालमा आवतजावत गरेको सरकारी रेकर्ड छ । विश्वमा कोरोना महामारी फैलिएपछि सबैभन्दा बढी मार पर्यटन क्षेत्रमा परेको छ ।

कोरोना नियन्त्रण गर्न लामो समयसम्म विश्वभर लकडाउन भएपछि पर्यटकको आवतजावत प्रायः ठप्प बनेपनि कोरोना खोपको विकास र प्रयोग बढेसँगै पर्यटकको आवतजावत बिस्तारै सहज बन्न थालेको छ । कोरोना महामारीबीच गत वर्ष सन् २०२१ मा नेपालमा १८१ देशका १ लाख ५० हजार ९६२ जना पर्यटकले भ्रमण गरेका छन् । यो वर्ष पर्यटकको संख्यामा उल्लेख्य बृद्धी हुने आशा गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ