Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपल शाह प्रकरणको प्रचारबाजीप्रति राष्ट्रिय मानव अधिकार आयोगको आपत्ति !

पल शाह प्रकरणको प्रचारबाजीप्रति राष्ट्रिय मानव अधिकार आयोगको आपत्ति !


काठमाडौं । बलात्कारको आरोप लागेका अभिनेता पल शाह प्रकरणमा भइरहेका प्रचारबाजीप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले शुक्रवार विज्ञप्ति नै निकालेर पल प्रकरणमा संयमित भइ अनुसन्धान प्रक्रियालाई सघाउन आग्रह गरेको छ ।

‘अभिनेता पल शाहमाथि बलात्कारको आरोपमा तनहुँ प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आरोपका पक्ष र विपक्षमा भइरहेका प्रचारबाजी, प्रदर्शन तथा सार्वजनिक अभिव्यक्तिप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ । गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्तअनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्ने भएकाले यो प्रकरणमा गोपनीयताको हकको संरक्षण गर्दै संवेदनशील र संयमित हुन सबैलाई आग्रह गरेको छ ।
नाबालिक गायिका बलात्कारको अभियोग लागेका अभिनेता शाहले आफै प्रहरीमा पुगेर आत्मसमर्पण गरेदेखी नै समाजिक सञ्जार र विभिन्न यूट्युब च्यानलहरुले विभिन्न कोणबाट धारणा सार्वजनिक गरिरहेका छन् । केहीले पललाई निर्दोष त केहीले बालिक गायीकालाई निर्दोष करार गरिरहेका छन् । कतिपयले रिहाईको मागसहित आन्दोलन गरेका भीडियो सामाग्रीले सामाजिक सञ्जाल र युट्यूब च्यानल रंगिएका छन् । अदालतमा बिचाराधिन मुद्धामा अनावश्यक बहस पैरवी गराउने र पक्ष विपक्षमा धारणा सार्वजनिक गर्ने मिडिया ट्रायलले न्याय सम्पादनमा समेत असर पर्ने भन्दै चिन्ता जाहेर भैरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ