Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमिस वल्डको ग्रान्ड फिनालेमा सहभागि हुन नेपालकी सुन्दरी नम्रता अमेरिकामा

मिस वल्डको ग्रान्ड फिनालेमा सहभागि हुन नेपालकी सुन्दरी नम्रता अमेरिकामा


काठमाडौं । नेपालकी सुन्दरी नम्रता श्रेष्ठ मिस वल्डको ग्रान्ड फिनालेमा सहभागि हुन अमेरिका पुग्नुभएको छ । कोरोना भाइरसको महामारीले रोकिएको वल्ड इभेन्टमा ४० जना प्रतिस्पर्धीले सहभागिता जनाउन पाएकोमा नेपालबाट नम्रता समेत छानिएकी थिइन् ।

मार्च १६ र १७ मा हुने ब्यूटी विथ प्रपोजको प्रिजेन्टेसनमा नम्रताले भाग लिने बताइएको छ । यस्तै, १८ मार्चमा न्यूयोर्क जाने तथा २० मार्चमा नेपाल फर्किने तालिका रहेको छ । यसअघि नै सेमिफाइनल पुगेका र निर्णायकले छनोट गरेका २५ जनासहित ४० जनाले फाइनल राउन्डमा सहभागीता जनाउन पाउनेछन् । नम्रता यसअघि नै हेड टु हेड च्यालेन्जबाट अन्तिम ३० मा पुगिसकेकी छन् । कुल ९७ प्रतिस्पर्धीमध्येबाट ४० जनालाई फाइनलमा सहभागी गराउन लागिएको छ । अरुलाई भने भर्चुअलरुपमा सहभागी गराइने आयोजकले बताएका छन् ।

बिहिबार राती विमानस्थलमा नम्रताको विदाइ गरिएको थियो । विदाइको क्षणमा उत्साहित देखिएकी नम्रताले आउँदो मार्च १६ को ग्रान्ड फाइनलमा आफ्नो उपस्थिति नेपालको सफल प्रतिनिधित्वको लागि हुने बताउनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ