Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपल प्रकरणः किन पक्राउ परे अभिनेता शाहका मेनेजर जोशी ?

पल प्रकरणः किन पक्राउ परे अभिनेता शाहका मेनेजर जोशी ?


काठमाडौं । नावालिक एक गायिकामाथी जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाह अहिले पनि अनुसन्धानको दायरामा छन् । पलमाथी प्रहरीले पटक–पटक अनुसन्धानका लागि भन्दै म्याद थप गरेर सरकारी वकिल कार्यालयमा मुद्धा दर्ता गराउने तयारी गर्दैगर्दा शुक्रबार पलका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँले शाहका म्यानेजर भनिएका जोशीलाई तनुहँबाट पक्राउ गरिएको जानकारि दिएको छ । शाह जोडिएको घटनामा मतियारको भूमिका खेलेको बताउँदै प्रहरीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी छन् । लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेपनि लामो समय भेट्टाउन सकेको थिएन ।

फरार भएका पल फागुन २७ मा भने फेसबुकबाट भिडियो सन्देष सार्वजनिक गर्दै आफै प्रहरीकहाँ आत्मसमर्पण गर्न पुगेका थिए । पलले आफू पारिवारिक व्यवस्थापनका लागि बाध्यताले केही समय प्रहरी सम्पर्कबाट टाढा रहनुपरेको भन्दै सुभचिन्तकहरुबाट सहानुभुति बटुल्न खोजेपनि आफू विरुद्धको मुद्धालाई कमजोर बनाउन प्रमाण संकलनमा खटिएको आँकलन गर्ने गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ