नेपाल बसेर ठगी गर्ने दक्षिण कोरियाली नागरिक पक्राउ

काठमाडौं । दक्षिण कोरिया लैजान्छु भन्दै विभिन्न व्यक्तिहरूलाई ठगी गरेको आरोपमा एक जना कोरियन नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले ७३ वर्षीय कोरियन नागरिकलाई पक्राउ गरेको हो ।
ब्यूरोका अनुसार जङले चाबहिलस्थित ओके कन्सल्टेन्सीको सञ्चालक हुँ भन्दै ठगी गरेको खुलेको छ । पैसा तिरेर पनि जङले कोरिया नपुर्याएपछि पीडितले उनिविरुद्ध ब्यूरोमा उजुरी गरेका थिए । ठगीमा संलग्नबारे थप अनुसन्धान भैरहेको प्रहरी बताएको छ ।
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
तपाईको प्रतिक्रिया