Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News९ महिनादेखी अन्धकार हुम्लाको एउटा गाउँ, जहाँ दियालो बालेर रात काट्नुपर्छ !

९ महिनादेखी अन्धकार हुम्लाको एउटा गाउँ, जहाँ दियालो बालेर रात काट्नुपर्छ !


काठमाडौं, सिमकोट । नेपालमा विद्युत विकासले तिब्रता पाइरहँदा हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको तीन वडाका तीनहजार नागरिक गत साउनदेखि अन्धकारमा बस्न बाध्य भएका छन् । अदानचुली ४, ५ र ६ मा नौ महिनादेखि विद्युत् सेवा अवरुद्ध भएको हो ।

साउनमा परेको अविरल वर्षाका कारण कुकुरफाल्ना जलविद्युत् आयोजनाको भत्केको नहर अझैसम्म मर्मत नगरिदा सिंगो गाउँ नै अन्धकार भएको छ । तीन वटा वडाका वासीन्दाले अहिले सल्लाको दियालो तथा सोलार बालेर रात बिताउँदै आएका छन् । नहर मर्मतमा चासो नराख्दा विद्युत आयोजना सञ्चालनमा आउन सकिरहेको छैन ।

विद्युत्को नहरमा ठाउँ–ठाउँमा पूरै माथिबाट जमिन भासिएर भत्किएकाले मर्मत गर्न ठूलो रकम चाहिने अदानचुली गाउँपालिकाले जनाएको छ । केन्द्रमा विद्युत खपत बढाउने ताकेता गरिरहेको नेपाल विद्युत प्राधिकरण र सरकार दुर्गमका जनताको पीडामा बेखबर जस्तै बसेको भन्दै स्थानीयले गुनासो गरिरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ