Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा क्रिप्टो, हाइपर, अनलाइन जुवाका वेबसाइट र एप बन्द गरिदै

नेपालमा क्रिप्टो, हाइपर, अनलाइन जुवाका वेबसाइट र एप बन्द गरिदै


काठमाडौं । नेपालमा क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा (बेटिङ) जस्ता वेबसाइट बन्द हुने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले पत्र लेख्दै आर्थिक अपराधसँग जोडिएका वेबसाइट र एपहरु बन्द गर्न इन्टरनेट तथा मोबाइल सेवाप्रदायकलाई निर्देशन दिएसँगै बन्द गराउने प्रक्रिया सुरु भएको हो ।

अर्थ मन्त्रालयले यसअघि नै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र काटेर यस्ता वेबसाइट ‘ब्लक’ गर्न आग्रह गरेको थियो । आर्थिक अपराधसँग सम्बन्धित एप र वेबसाइट प्रयोग, सञ्चालन तथा व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसेबल र कालोसूचीमा राख्न पछिल्लो निर्देशनमा भनिएको छ भने दूरसञ्चार प्राधिकरणले प्रक्रिया अघि बढिसकेको जानकारि दिएको छ ।


ट्याग : #अनलाइन जुवा (बेटिङ), #क्रिप्टोकरेन्सी, #दूरसञ्चार प्राधिकरण, #बिटक्वाइन, #वेबसाइट ‘ब्लक’, #सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ