Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaआगामी शनिबार होलीमय बन्दै अष्ट्रेलिया, ब्रिजबेन र सिड्नीमा यस्तो छ तयारी

आगामी शनिबार होलीमय बन्दै अष्ट्रेलिया, ब्रिजबेन र सिड्नीमा यस्तो छ तयारी


ब्रिजबेन । आगामी मार्च १९ गते शनिबारको दिन एकै पटक अष्ट्रेलियाका विभिन्न राज्य र शहरहरुमा होली विशेष कार्यक्रम आयोजना हुने भएको छ । रङको पर्व होली नेपाली र भारतीय समुदायको प्रमुख तीन चाडमध्येको एक भएकाले दुष्टता विरुद्धको विजयको उत्सवका रुपमा मनाइने होलीले अष्ट्रेलिया लगायतका नेपाली समूदाय रहेको देशमा विस्तार पाउँदैआएको हो ।

बिजबेनमा आखे इभेन्ट्सको होली उत्सब कोभिडका कारण नेपाली समुदायले विगत दुई वर्षदेखि कुनै पनि होली पर्व मनाउन नपाएकोमा लाखे इभेन्ट्सले आगामी शनिबार ब्रिजबेनमा विशेष सांगितिक कार्यक्रमसहित होली उत्सब गर्दैछ । नेपाली समुदायहरुलाई होली पर्वको उत्सवमा रमाउने वातावरण बनाउन गैरआवासीय नेपाली संघ एनआरएनए क्विन्सल्याण्ड, नेपाली संघ क्विन्सल्याण्ड (NAQ), ब्रिजबेनका नेपाली समूदायसँगै विभिन्न व्यवसायिक संघ संस्थाहरुले साथ दिएका छन् । Expert Education Visa को प्रस्तुती रहेको होली फेस्टामा कुशल आचार्यको धमाकेदार प्रस्तुती रहनेछ । होली महोत्सबका अवशरमा सांस्कृतिक कार्यक्रमसँगै , बालबालिकाका लागि खेल गतिविधि, खेलकुद प्रतियोगिता, खाना स्टलहरू, नेपाली गायकहरू र दुईजना डीजेहरूले प्रस्तुती दिने बताइएको छ ।

शनिबार दिउँसो १ः०० देखि २ः३० बजेसम्म होली उत्सवका विभिन्न कार्यक्रम हुनेछन भने दिउँसो २ः३० देखि ३ः१५ सम्म गायन प्रस्तुतीको छुट्टै आनन्द लिन पाइनेछ । यो कार्यक्रम मार्फत ब्रिस्बेनमा नव आगन्तुकहरुलाई स्वागत गरिने आयोजकले जनाएका छन् ।

सिड्नीमा समेत शनिबार नै होली उत्सब यता, नेपाली फेस्टिभललाई महत्वका साथ मनाइने सिड्नीमा समेत होलीलाई लक्षित गर्दै १९ मार्चमा दुईवटा होली विशेष कार्यक्रम हुँदैछन् । विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको फन्टास्टिक इभेन्ट्सले सिड्नीमा ‘सिड्नी होली मेला २०२२’ आयोजना गर्दैछ । यो इभेन्ट्स होल्ड्रेड गार्डेन्स, मेरिल्यान्डसमा आयोजना हुनेछ । कार्यक्रममा कलाकार प्रमोद खरेल, सुशान्त खत्री, अल्मोडा राना उप्रेती र दिनेश काफ्लेलगायत सहभागी हुने बताइएको छ ।

१९ मार्चमै कमेरो इभेन्ट्स र रकडेल ब्वाइजको आयोजनामा सिड्नीको ग्रयानभिल पार्क मेरिल्यान्डमा ‘सिड्नी होली फेस्टिभल’ आयोजना हुँदैछ । कार्यक्रममा नेपाली गीतसंगीत क्षेत्रका परिचित अनुहारहरू कालीप्रसाद बास्कोटा, प्रकाश सपुत, ओशिन सिटौला, सुशान्त ठुले र डिजे नटकेसलगायतका कालाकर्मीको प्रस्तुति रहने बताइएको छ । नेपाली बाहुल्यता रहेका अन्य राज्य र शहरमा समेत होली विशेष कार्यक्रमहरु आयोजना हुनेछन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ