Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalपल प्रकरणः अभियन्ता वाइबा पक्राउदेखी अदलतमा मुद्धा दर्ता !

पल प्रकरणः अभियन्ता वाइबा पक्राउदेखी अदलतमा मुद्धा दर्ता !


काठमाडौं । आफूलाई अभियन्ताका रुपमा चिनाउदै सामाजिक सञ्जाल र युट्यूवमा भाइरल हुँदै आएकि शर्मिला वाइबा चितवनबाट पक्राउ परेकी छिन् । अभिनेत्री रेखा थापाको चरित्रहत्यामा संलग्न भएको अभियोगसहितको उजुरी साइबर ब्यूरोमा परेको आधारमा वाइबा पक्राउ परेकि हुन् ।

पल शाह पक्राउ प्रहरणमा नाबालिग गायिकाको समर्थनमा स्टाटस लेखेकी अभिनेत्री तथा चलचित्र निर्मात्री रेखामाथी वाइबाले युट्यूवमा पलको समर्थनमा गालीगलौजसहितको अन्तरवार्ताहरु दिदै आएकी थिइन् । वाइबालाई आज चितवन प्रहरीले टाँडीबाट पक्राउ गरेको साइबर ब्यूरोले जानकारि दिएको छ । यसअघि पनि उनी पक्राउ परेको हल्ला फैलिएको थियो ।

के हुँदैछ त पल प्रकरण ?
यता, नाबालिग गायिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका नायक पल शाहलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न भन्दै जिल्ला अदालत तनहुँले म्याद थपिदिएको छ । गत फागुन १५ गते पक्राउ परेका शाहमाथी यसअघि नै दुई पटक म्याद थप गरेर अनुसन्धान भैरहेको छ । तनहुँ जिल्ला अदालतले दोस्रोपटक फागुन २२ गते १२ दिन थप समय दिएको थियो । अनुसन्धान नसकिदैं नवलपुरमा दर्ता भएको अर्को जबरजस्ती करणीको मुद्दामा अनुसन्धानका लागि फागुन २४ गते पल शाहलाई नवलपुर लगियो । नवलपुर लगिएका कारण थपिएको समयमा अनुसन्धान नसकिएको भन्दै प्रहरीले म्याद थपको लागि अदालतसँग अनुरोध गरेको आधारमा पछिल्लो म्याद थपिएको बताइएको छ । पलसँगै उनका म्यानेजर कृष्णप्रसाद जोेशीलाई पनि थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

नवलपुर जिल्ला अदालतमा भने शाहविरुद्ध अभियोगपत्र दर्ता नै भइसकेको छ । नवलपुर प्रहरीले उनीविरुद्ध अनुसन्धान गर्दै शुक्रबार नै सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएको छ । अभियोग पत्रमा शाहलाई १२ देखि १४ वर्ष जेल सयाजको माग दाबी गरिएको छ । तनहुँमा अनुसन्धान सकिएपछि थुनछेक बहसका लागि शाहलाई नवलपुर लगिनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ