Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsसिड्नीमा बन्दुकधारीद्वारा एक नेपाली युवती लुटिइन् ।

सिड्नीमा बन्दुकधारीद्वारा एक नेपाली युवती लुटिइन् ।


सिड्नी
अघिल्लो शुक्रवार सिड्नीको परामाटा ट्रेन स्टेसन बाहिर एक नेपाली युवती लुटिएकी छिन् ।

बिहान पौने ५ बजे घरबाट काममा जाने क्रममा दुइ बन्दुकधारीले नेपाली युवतीमाथी लुटपाट गरेको हो । कारमा आएका दुइ युवकले टाउकोमा बन्दुक तेस्याएर युवतीको ब्याग खोसेका थिए । “चारैतिर अध्यारो थियो” -लुटिएकी युवतीले भनिन् -“अचानक बन्दुक देखाएपछि म त डरले काम्न थाले, मसंग भएको ब्याग खोसेर उनीहरु कार चढेर फरार भए” ।
झोला नदिएको भए उनीहरुले मलाई जे पनि गर्न सक्ने भन्दै युवतीले आफु अझै पनि डरले कामिरहेको बताइन् । उनको झोलामा आइफोन एक्स, आइपड, ६ सय डलर पैसा लगायत महत्वपूर्ण कागजपत्र थिए । घटनापछि उनले प्रहरीमा उजुरी दिएकी छिन् । डरका कारण ती युवती एक सातादेखि काममा समेत गइकी छैनन्

अष्ट्रेलियाका ४६.६ प्रतिशत युवती अध्यारोमा एक्लै हिड्न डराउने प्रतिवेदन

पछिल्लो अध्ययन अनुसार अष्ट्रेलियाका ४६ दशमलव ६ प्रतिशत युवतीहरु अध्यारोमा एक्लै हिड्न डर मान्ने गरेको तथ्य फेला परेको छ । १५ देखि १९ वर्ष उमेर समुहका २८ हजार २ सय ८६ जनामा गरिएको सर्वेक्षणमा यस्तो तथ्य फेला परेको हो । मिसन अष्ट्रेलिया जेण्डर ग्याप २०१८ युवा सर्वेक्षणको रिपोर्ट हालै सार्वजनिक भएको हो ।
युवतीहरुले एक्लै हिड्दा डराउने पर्ने अवस्थालाई सामान्य रुपमा हेर्न नमिल्ने मिसन अष्ट्रेलियाका कार्यकारी प्रमुख जेम्स टोमीले बताउनुभयो । उनीहरुको सुरक्षाका लागि कदम चाल्नुपर्ने टोमीको भनाई छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ