Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीको एक क्याफेका पूर्व प्रबन्धकमाथी ५ हजार ३२८ जरिवाना, कारण यस्तो !

सिड्नीको एक क्याफेका पूर्व प्रबन्धकमाथी ५ हजार ३२८ जरिवाना, कारण यस्तो !

अष्ट्रेलियाको फास्ट फूड, रेस्टुरेन्ट र क्याफे क्षेत्रमा अनुगमन तिब्र


ब्रिजबेन । सिड्नीको एक क्याफेका पूर्व प्रबन्धकमाथी ५ हजार ३२८ डलर जरिवाना भएको छ । संघीय अदलातले क्याफे बन्द हुनु अघि व्यवस्थापन गर्ने  पूर्व प्रबन्धक विरुद्ध जरिवाना गराएको हो ।

फिलिपिन्सका एक अन्तर्राष्ट्रिय विद्यार्थीले गरेको गुनासोका आधारमा नियामक निकालय Fair Work Ombudsman  ले ब्लू मिस्ट क्याफेमाथी अनुसन्धान गरेर अदालतमा मुद्धा दर्ता गराएको थियो । क्याफेमा कार्यरत विद्यार्थीलाई फिर्ता–भुक्तानी बारेको सूचना पालनामा सहयोग नगरेको समेत अभियोगमा जरिवाना गराइएको छ ।

Fair Work Ombudsman फेयर वर्क ओम्बड्सम्यान सान्ड्रा पार्करले अनुपालन सूचनाहरूमा सहयोग नगर्ने व्यवसायहरूमा संलग्न व्यक्तिहरूलाई नियामक निकाय र अदालतले दण्ड गराउन सक्छन भन्ने कुरामा सचेत हुन आवश्यक रहेको बताउनुभएको छ । फास्ट फूड, रेस्टुरेन्ट र क्याफे क्षेत्रमा कानुन विपरितका कामकारबाही रोक्न, तोकिएको तलब दिलाउन र गैह्र कानुनी रुपमा कामदार राख्ने क्रमलाई रोक्न नियामक निकायले अनुगमन र निगरानी बढाउने गरेको छ ।

रोजगारदाता र कर्मचारीहरूले www.fairwork.gov.au लगिन गरेर वा कार्यस्थलमा आफ्ना अधिकार र दायित्वहरूको बारेमा निःशुल्क सल्लाह र सहायताको लागि १३१३९४ मा Fair Work Infoline मा कल गर्न सक्नुहुनेछ । भाषिक समस्या भएकाहरुले १३१४५० मार्फत निशुल्क सल्लाह र सहायता लिन सक्नुहुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ