Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलिया र दुबई उड्न लागेका दुई महिला विमानस्थलबाट पक्राउ, कारण यस्तो…

अष्ट्रेलिया र दुबई उड्न लागेका दुई महिला विमानस्थलबाट पक्राउ, कारण यस्तो…


काठमाडौं । गत कार्तिकबाट नेपाल राष्ट्र बैंकले विदेश जाँदा बढीमा १५ सय डलर मात्रे लैजान पाउने गरि डलरको सटही सुविधालाई कटौती गरेको छ । कार्तिकअघिसम्म एक पासपोर्ट बराबर २५ सय डलरसम्म सटही सुविधा दिइँदै आएकोमा अहिले १५ सय मात्र नगद डलर बोक्न पाइनेछ । यो सुविधा भन्दा बढी डलर बोकेमा के हुन्छ ? धेरैको जिज्ञासा रहने गरेको छ ।

सरकारले तोकेको सुविधा भन्दा बढी विदेशी मुद्रासहित विदेश उड्न लागेका दुई नेपाली महिला आइतबार विमानस्थलबाट पक्राउ परेका छन् । नेपाल एयरलाइन्सको उडानबाट दुबई जान लागेकी ५६ वर्षीया र कतार एयरवेजको उडानमार्फत अस्ट्रेलिया उड्न लागेकी २३ वर्षीया युवती पक्राउ परेको घटनाले लुकिछिपि मापदण्ड भन्दा बढी डलर बोकेर हिड्नेहरु छन भन्ने देखाएपनि सरकारी नियमन र जाँच भरपर्दो छ भन्ने समेत देखाएको छ ।

किन पक्राउ परे त दुई महिला ?
काठमाडौँ महानगरपालिका–२ घर भएकी शाक्यले बोकेको निलो रङको ह्याण्ड ब्यागलाई चेकिङ गर्दा सात हजार ७०० यूरो, एक हजार ९०० क्यानेडियन डलर, एक हजार ३०० साउदी रियाल र ३३ ओमानी रिअल फेला परेको पनि पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरीले जनाएको छ । यस्तै, काठमाडौँबाट दोहा हुँदै अस्ट्रेलियाको सिड्नी जान लागेकी गोरखा बोर्लाङ ८ घर भइ काठमाडौँ–१३ बस्ने श्रेष्ठको ब्यागमा १९ हजार ६०० अस्ट्रेलियन डलर र ४२ अमेरिकन डलर भटिएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

लुकाइछिपाइ सरकारी सहुलियत सुविधा भन्दा बढी विदेशी मुद्रा बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको छ । बाँकी अनुसन्धानसँगै कारबाही विभागले गर्नेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ