Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaचीनमा बढ्दै कोरोनाको त्रास, अष्ट्रेलियामा के छ अवस्था ?

चीनमा बढ्दै कोरोनाको त्रास, अष्ट्रेलियामा के छ अवस्था ?


एजेन्सी । चीनमा आइतबार एकै दिन १३ हजार १४६ जना कोरोना संक्रमित फेला परेका छन् । यो संख्या दुई वर्षअघि चीनमा सुरू भएको कोभिडको पहिलो लहरपछिको सबैभन्दा उच्च हो ।

चीनमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन एक दर्जनभन्दा बढी प्रान्तहरूमा फैलिएसँगै करोडौँ नागरिक बन्दी बनेका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले संक्रमितहरूमध्ये १४५५ जनामा लक्षण देखिएको जानकारि दिएको छ । कोभिड महामारीको केन्द्रबिन्दु बनेको चीनको वित्तिय हव सांघाइमा मात्रै झन्डै साढे २ करोड मानिस घरभित्रै बसेका छन् । कोभिड संक्रमण फेरि बढेसँगै चीनका प्रभावित प्रान्तका सहरमा आवत जावतमा कडाइ गर्दै प्रतिबन्धात्मक व्यवस्था गरिएको छ । पुनानै भेरियन्टको प्रकोप देखिएपनि चीनमा बढेको कोरोना भाइरस संक्रमणले पुनः विश्वलाई नै आतंकित बनाइरहेको छ ।

अष्ट्रेलियामा यस्तो छ अवस्था
न्यु साउथ वेल्समा आज (आइतबार) १६ हजार ८०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा यहाँ कोरोनाबाट ११ जनाको मृत्यु भएको छ । भिक्टोरियामा पछिल्लो २४ घण्टामा ९ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भिक्टोरियामा आज कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा क्वीन्सल्याण्डमा ८ हजार ४७८ जनामा कोरोना संक्रमित थपिएका छन् । यस्तै तास्मनियामा १६८३, एसीटीमा ७१८, उत्तरी क्षेत्रमा ३०९, साउथ अष्ट्रेलियामा ४०९६ र पश्चिम अष्ट्रेलियामा ६४३९ जनामा कोरोना संक्रमण देखिएको छ । सोही अबधीमा साउथ अष्ट्रेलियामा एक र पश्चिम अष्ट्रेलियामा ३ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

कोरोनाविरुद्धको भ्याक्सिनलाई तिब्रता दिइएको अष्ट्रेलियामा प्रतिबन्धका सबै नियमहरु हटाईएका छन् । बाहिरिन र अष्ट्रेलिया आउन राज्यले तोकेका स्वास्थ्य प्रोटोकल पुरा गरेपछि सहज रुपमा पाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ