Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकोरोना महामारिसँगै ‘लङ कोभिड’ को असर, कसरी आफूलाई फिट राख्ने ?

कोरोना महामारिसँगै ‘लङ कोभिड’ को असर, कसरी आफूलाई फिट राख्ने ?


काठमाडौं, एजेन्सी । अष्ट्रेलिया, केही अमेरिकन मुलुक र युरोपेली मुलुकसँगै चीनका केही प्रान्त यतिबेला पनि कोरोना महामारिको चपेटामा छन् । तर यी बाहेकका धेरै देशका नागरिकलाई कोभिड सङ्क्रमण सकिसकेको महसुस भैरहेको छ ।

भर्खरै कोभिड भएकालाई पनि अब सबै ठिक भइसकेको आभाष भैरहेको हुनसक्छ । तर, यथार्थ फरक रहेको स्वास्सथ्य विज्ञहरु बताउँछन् । संसारका धेरै मानिस कमसेकम एक पटक कोरोना भाइरसबाट सङ्क्रमित भइसकेका कारण यी मध्येका धेरै मानिस अहिले लङ कोभिडको असर झेलिरहेका छन् ।

बेलायतका निल रोबिन्स अहिले पनि आफूलाई लङ कोभिडको असर भएको र यसबाट मुक्ति पाउने प्रयास गरिरहेको बताउँनुहुन्छ् । ‘मेरो चासो भनेको अहिले यसबाट कसरी मुक्ति पाउने भन्ने भन्ने नै हो,’ रोबिन्स बताउनुहुन्छ । बेलायतकै जो हाउस पनि यस्तै समस्याको सिकार बनेकि छिन् । उनका अनुसार लङ कोभिडले भिन्न खालको शारीरिक असर देखिन थालेको छ । जोन डिउसा रिचर्ड पनि पुरा ठिक हुनुभएको छैन । कोरोना सङ्क्रमणको एक वर्षसम्म पनि आफ्नो बच्चा जस्तै बेलुका पुस्तक पढेर बस्न नसकिएको रिचर्ड बताउनुहुन्छ ।

के–के असर देखिदैछ त लङ कोभिडमा
जोर्नी दुख्ने, टाउको दुख्ने र श्वासप्रश्वासमा असहज हुने समस्या, थकाइ लाग्ने क्रम लङ कोभिडका रुपमा देखापरेको छ । लङ कोभिड हुनेहरुमा फरक–फरक अनुभव छ । यसका मुख्य असर थकाइ, मांसपेशीमा दुखाई तथा मस्तिष्क पूर्ण ठिक नहुने नै बढी छन् । केही कुरा बिर्सिए जस्तो हुने समस्या पनि धेरैलाई देखिएको छ । पाचन प्रणालीमा गडबडी, रातमा पसिना आउने, निराशापन र कपाल झर्ने समस्या पनि यदाकदा भेटिएका छन् । कोभिडको दीर्घकालीन असरका रुपमा लङ कोभिडले हेर्न थालिएको छ ।

बेलायतको अफिस फर नेसनल स्ट्याटीक्सको तथ्याङ्क अनुसार प्रत्येक ४० जना मध्ये कम्तीमा एक जनामा तीन महिनासम्म यस्ता लक्षण देखिएका छन् । बेलायतमा १५ लाख भन्दा बढीमा लङ कोभिडको असर देखिएको पाइएको छ । ६ लाख ८५ हजार भन्दा बढीमा त एक वर्ष भन्दा लामो समयसम्म कोभिडको असर देखिएको छ । युनिभर्सिटी अफ एक्सट्रे र एनएचएस लङ कोभिड टास्क फोर्समा आबद्ध डा. डेभिड स्ट्रोन यो सङ्ख्या अझ थपिँदै जानसक्ने बताउँनुहुन्छ ।

धेरैलाई भाइरल इन्फेक्सनको असर सामान्य लाग्नसक्छ । झट्ट हेर्दा सामान्य देखिए पनि यसले भित्री अङ्गमा धेरै लामो समयसम्म प्रभाव पार्ने कारणले दिर्घकालिन समस्या पनि निम्तिनसक्छ । वैज्ञानिकहरूले नै हाम्रो शरीरका चार क्षेत्रमा यसको सबैभन्दा धेरै असर परेको पत्ता लगाएका छन् । रगत जम्ने तथा साना रगतका नसा काम नगर्ने अवस्थामा हुने ,इम्युन सिस्टममा आउने गडबडी, कोभिडकै कारण मेटाबोलीज्म’लाई समेत असर गर्ने गरेको पाइएको छ । हाल कोभिड भएका व्यक्तिको लामो समयसम्म महत्वपूर्ण अङ्ग कमजोर हुनसक्ने समेत पाइएको छ । लङ कोभिडका कारण रगत जम्ने र कोसीकामा अवरोध पुग्ने भएकाले शरीरका धेरै अङ्गलाई कमजोर बनाउनसक्छ । डा. स्ट्रोनकै अनुसार तनाव लिने काम गरेमा धेरै दिनसम्म पनि हामीलाई थकाइको महसुस हुन्छ । अध्ययनले देखाए अनुसार सामान्य सङ्क्रमण हुँदा पनि मस्तिष्कले ०.२ प्रतिशतदेखि २ प्रतिशतसम्म काम गर्न छाड्छ । मस्तिष्क थाकेको जस्तो हनुको कारण भित्र नास भएका कोषहरू फेरि तयार नभएर लामो समयसम्म विभिन्न असरहरु देखिनसक्छन् ।

लङ कोभिड भएकाको शरीरबाट भाइरस पुरै गाइसकेको छ या बाँकी नै रहेको छ भन्ने प्रश्न धेरैको मनमा उठ्न थालेको छ । हाम्रो शरीरमा कोभिड सङ्क्रमण फोक्सो र खाली स्थानबाट सुरुहुन्छ जहाँ हावाको गति हुन्छ । यसपछि भाइरसले शरीरका अन्य अङ्गलाई पनि प्रभाव पार्छ । कुनै भित्री अङ्गमा लामो समयसम्म संक्रमणको असर देखिएमा हामी सामान्य जीवनमा प्रवेश गर्न खोज्दा रुघा, आलश्य, दुखाई जस्ता विभिन्न समस्याको सिकार बनिरहेका छौँ । कोरोना महामारिको समस्यापछि आफूलाई फिट राख्न खानपान, व्यायाम लगायतका धेरै कुराहरुमा ध्यान दिनुपर्ने देखिएको छ । खबरहब, (एजेन्सीको सहयोगमा)



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ