Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaतास्मानियाक प्रिमियर पिटर गुवेनको राजिनामा, को–को छन त नयाँ प्रिमियरको दौडमा ?

तास्मानियाक प्रिमियर पिटर गुवेनको राजिनामा, को–को छन त नयाँ प्रिमियरको दौडमा ?


ब्रिजबेन । तास्मानियाक प्रिमियर पिटर गुवेनले राजिनामा दिएसँगै उनको उत्तराधिकारी बारे चर्चा सुरु भएको छ । करीब २ वर्षको समय प्रिमियरका रूपमा काम गरेका पिटरले सोमबार राजिनामा दिएसँगै नयाँ प्रिमियर को आउलान भनेर चर्चा सुरु भएको हो ।

राजिनामा दिँदै पिटरले नेतृत्व हस्तान्तरण गर्ने यो नै उत्तम समय भएको प्रतिक्रिया दिनुभएको थियो । राजिनामा दिँदै गुवेनले भन्नुभएको छ, ‘मैले पूरा भण्डार नै खाली गरेको छु । मैले दिन सक्नेजति सबै दिएँ ।’ परिवारका लागि समय दिन र परिवारसँगै विताउनका लागि राजनीतिबाट बिदा भएको दाबी उहाँले गर्नुभएको छ । राजनीतिमा नै तरंग पैदा गर्नेगरि आएको राजीनामाले धेरैलाई स्तब्ध समेत बनाएको छ । अब तीन मुख्य सम्भावित उम्मेदवारहरूमध्येबाट एक नयाँ प्रिमियर चयन हुनेछन् । लिबरल पार्टीले यस हप्ताको अन्त्यसम्ममा नयाँ प्रिमियर चयन गर्ने बताइएको छ ।

यी हुन प्रिमियर बन्नसक्ने सम्भावित पात्रहरु
चुनावी रूपमा लोकप्रिय बन्दै उपप्रधानमन्त्री बन्नुभएका जेरेमी रकलिफ पहिलो आकांक्षी रहनुभएको छ । राज्यको उत्तर–पश्चिमबाट आउनुभएका रकलिफ सन् २०२० मा विल होजम्यानले राजीनामा दिएपछि श्री गुटवेनसँग नेतृत्वको टिकट बनाएर सन् २०१४ देखि तस्मानियाको उपप्रधानमन्त्री रहनुभएको छ । गत वर्षको चुनावमा ब्राडनमा आकर्षक भोट पाउनुभएको थियो । माइकल फर्गुसन समेत गुटवेनपछिको मुख्य हुनुहुन्छ । एलिस आर्चरसँग डेपुटीको रूपमा, मिस्टर गुटवेन र मिस्टर रकलिफको बिरूद्ध टिकटी दौडमा रहनुभएका उहाँ मतदानको समयअघि नै दौडबाट बाहिरिनुभएको थियो ।

महान्यायाधिवक्ता एलिस आर्चरले पहिले नै नेतृत्व टोलीमा सामेल हुने महत्वाकांक्षा प्रदर्शन गरिसक्नुभएको छ । होबार्ट क्षेत्रकी आर्चरलाई शीर्ष स्थानका लागि एक मात्र सम्भावित उम्मेद्वारका रुपमा हेरिएको छ । उत्तर–पश्चिमका सांसद रमेत रहनुभएका शिक्षा मन्त्री रोजर जेन्स, पूर्व तस्मानियाली सिनेटर, क्याबिनेट मन्त्री समेत रहनुभएका गाइ बार्नेट पनि आकांक्षी देखिनुभएको छ । यी नाम मध्ये एक जना प्रिमियरको टुंगो एक साताभित्रै लाग्नेछ ।


ट्याग : #एलिस आर्चर, #गाइ बार्नेट, #जेरेमी रकलिफ, #तास्मानिया, #प्रिमियर पिटर गुवेन, #माइकल फर्गुसन, #रोजर जेन्स, #लिबरल पार्टी
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ