Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा दुई समूहबीच झडपः गम्भिर घाइते एक युवाको उपचारका क्रममा मृत्यु !

सिड्नीमा दुई समूहबीच झडपः गम्भिर घाइते एक युवाको उपचारका क्रममा मृत्यु !


ब्रिजबेन । सिड्नीको भित्री सहरमा शनिबार राती भएको दुई समूहबीको झडमा परेर गम्भिर घाइते भएका एकजनाको गएराती निधन भएको छ । शनिबार राति साँढे १२ बजे डार्लिङ्हर्सट होटलबाट सुरक्षाकर्मीले एक व्यक्तिलाई बाहिर निकालेपछि दुई समूहबीच झडप हुँदा २३ वर्षीय इभान्डर टुआलाको टाउकोमा गम्भीर चोट लागेको थियो ।

उपचारका लागि सेन्टभिन्सेन्ट अस्पतालमा लगिएका उनको सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा १० देखि १५ जनाको संलग्नता रहेको प्रहरीले अनुमान गरेको छ । घटनामा संलग्नताको आशंकामा एक १९ वर्षिया र दुई २० वर्षीया पुरुषलाई पक्राउ गरेर झगडाको अभियोगमा अनुसन्धान भैरहेको छ । कथित घातक प्रहारको आरोपमा भने अहिलेसम्म कसैलाई पनि पक्राउ गरेर अभियोग लगाइएको छैन ।

प्रहरीले सर्वसाधारणलाई भिडियो फुटेजको लागि अपिल गर्दै अनुसन्धानमा सहयोग गर्न आह्वान गरेको छ । पहिले एकअर्कालाई नचिनेका युवाको दुई समूहबीच झगडा भएको प्ररम्भिक आँकलनसहित थप अनुसन्धान भैरहेको स्थानीय प्रहरीले जानकारि दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ