Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाली नयाँ वर्षको उपलक्ष्यमा अष्ट्रेलियाका अध्यागमन मन्त्री एलेक्स हकद्धारा शुभकामना व्यक्त

नेपाली नयाँ वर्षको उपलक्ष्यमा अष्ट्रेलियाका अध्यागमन मन्त्री एलेक्स हकद्धारा शुभकामना व्यक्त


काठमाडौं । अष्ट्रेलियाको अध्यागमन, नागरिकता, आप्रवासी सेवा एवम् बहुसांस्कृतिक मामला हेर्ने सङ्घीय मन्त्री एलेक्स हकले नेपाली नयाँ वर्ष विक्रम सम्वत् २०७९ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । सङ्घीय मन्त्री हअकले अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदाय एवम् विश्वभर छरिएर रहेका नेपालीहरूलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्दै एक शन्देष जारी गर्नुभएको हो ।

सङ्घीय मन्त्री हकले नेपालमा वसन्त ऋतुको आगमन र नयाँ वर्षले गत वर्षको चुनौती र विजयलाई मनन गदै नयाँ आउने अवसरको प्रतीक्षामा रहेको जनाउनुभएको छ । एक शुभकामना वक्तब्य जारी गर्दै हअकले नयाँ वर्ष उदय र आशाको समय भएकाले पुरानोलाई छाडेर नयाँ अवसरलाई अँगाल्ने समय भएको बताउनुभएको छ । “विश्वव्यापी महामारीबाट अस्ट्रेलिया निस्कँदै गर्दा नयाँ वर्षलाई आशावादी दृष्टिकोणबाट नियाल्ने हाम्रा थुप्रै कारणहरू छन्,” विज्ञप्तीमा भनिएको छ ।

धार्मिक समारोहमा भाग लिँदा होस् वा पारिवारिक जमघट अस्ट्रेलियाली नेपाली समुदायसँगको उपस्थित हुँदा यस्ता उत्सवहरू उत्कृष्ठ हुनेगरेको बताउनुभएको छ । नयाँ वर्ष, चाडपर्व लगायतका नेपाली उत्सबहरु उत्कृष्ठ भएको दाबीसहित मन्त्री हकले भन्नुभएको छ, “यस्ता अवशरहरुले हाम्रो बलियो बहुसांस्कृतिक राष्ट्रको जीवन्तता र एकतामा ठुलो योगदान पुर्‍याएको छ”



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ