Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाका फ्रेन्चाइजी स्टोर र क्याफेमा अनुगमन तिब्र, कारण यस्तो

अष्ट्रेलियाका फ्रेन्चाइजी स्टोर र क्याफेमा अनुगमन तिब्र, कारण यस्तो


ब्रिजबेन । अष्ट्रेलियाको न्यू साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्याण्ड र ACT मा सञ्चालित १५ वटा Shartea बबल चिया पसलहरूको अनुगमन गरिएको छ । फेयरवर्क अमबुड्सम्यानका फेयर वर्क इन्स्पेक्टरहरूले बेनामी उजूरी र कर्मचारीबाट आएको गुनासोपछि यी क्षेत्रका टेकअवे पेय पदार्थ फ्रेन्चाइजी स्टोरहरूमाथीको अनुसन्धान तिब्र बनाएका हुन ।

गुनासोमाथी अनुसन्धान सुरु भएको र अभियोग पुष्टि भएपछि कारबाही प्रक्रिया अघि बढ्ने बताइएको छ । अष्ट्रेलियाको कार्यस्थल कानूनले सबै श्रमिकलाई समान ज्यालाको व्यवस्था गरेको छ । कतिपय क्याफेमा नियमले तोकेको भन्दा कम पारिश्रमिक दिने गरिएको भएपनि फेयरवर्क अमबुड्सम्यानले निगरानी बढाउँदा श्रमिकमाथीको शोषण नियन्त्रण उन्मुख देखिएको छ । अनुगमनका क्रममा फेयर वर्क ओम्बड्सम्यान सान्ड्रा पार्करले कामदारहरूको सुरक्षा र फ्रेन्चाइजी स्टोर, फास्ट फूड, रेस्टुरेन्ट र क्याफे क्षेत्रहरूले कानु अनुसारको कामकारबाही गरे नगरेको बारे तथ्यांक संकलनका लागि अनुगमन गरिएको बताउनुभयो ।

श्रम ऐन उल्लङ्घन रोक्न र व्यवसायिहरुलाई जवाफदेही बनाउन समेत अनुगमन बाध्यकारी भएको पार्करले बताउनुभयो । “अष्ट्रेलियामा सबै कामदारहरूका समान अधिकारहरू छन्, र कसैलाई पनि ज्याला र अधिकारको बारेमा चिन्ता भएमा हामीलाई सम्पर्क गर्न प्रोत्साहित गर्छौं, तपाईंले आफ्नो भाषामा, बेनामी र भिसा डर बिना नै गुनासो र उजूरी गर्न सक्नुहुन्छ।” पार्करले बताउनुभयो । ताइवानमा स्थापना भएको Shartea फ्रेन्चाइजीले सन् २०१२ मा अस्ट्रेलियामा व्यवसाय विस्तार गरेसँगै अहिले पूर्वी समुन्द्रमा लगभग ७० पसलहरू सञ्चालनमा रहेको बताइएको छ ।

उद्योग व्यवसाय मध्ये पनि फास्ट फूड, रेष्टुरेन्ट र क्याफे क्षेत्रबाट आर्थिक वर्ष २०२०–०२१ म ३६ प्रतिशत जायज उजूरी मुद्दा प्रक्रियामा गएको भन्दै फेयरवर्क अमबुड्सम्यानले यस्ता क्षेत्रमा नियमन र निगरानी बढाएको दाबी गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ