Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalअन्तर्राष्ट्रियस्तरमा नेपाली खानाको अन्वेषण गर्न युवा सेफ प्रतियोगिता हुने

अन्तर्राष्ट्रियस्तरमा नेपाली खानाको अन्वेषण गर्न युवा सेफ प्रतियोगिता हुने


काठमाडौं । अन्तर्राष्ट्रियस्तरमा नेपाली खानाको अन्वेषण गर्ने उद्देश्यले नेपालमा युवा सेफ प्रतियोगिता हुने भएको छ । सेफ्स एशोसिएशन अफ नेपालले ग्लोबल नेप्लिज् सेफ्स फेडेरेशन र इन्टरनेशनल नेपाली सेफ्स सोसाइटीसँगको सहकार्यमा आइतबार युवा सेफ्स प्रतियोगिता आयोजना गर्न लागेकोे हो ।

फेडेरेशनका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले प्रतियोगितामा होटल व्यवस्थापनको पठाई हुने उपत्यकाभित्रका ११ कलेजका विद्यार्थीले भाग लिने जानकारी दिनुभयो । ललितपुरको पाक कला तथा आतिथ्य व्यवस्थापन प्रतिष्ठानको सभा कक्षमा हुने प्रतियोगितामा गेट, शुभश्री, एनसीसीए, कलिनरी आर्ट, रिट्स, गोल्डेन गेट, क्वीस्ट, नेसफिल्ड र हिमालयन ह्वाइट हाउस कलेज, पद्यमकन्या क्याम्पस र सरस्वती क्याम्पसका विद्यार्थीको सहभागिता रहने बताइएको छ ।

प्रतियोगिताको अन्तर्राष्ट्रिय निरीक्षककका रुपमा विविसी मास्टर सेफ सन्तोष शाह, सेफ एलेक्स वेब, सेफ बार्ट भान डेरली र सेफ फिली तथा राष्ट्रिय निरीक्षकमा सेफ भण्डारीसहित सूर्यकिरण श्रेष्ठ र श्याम लामा सहभागि हुँदैहुनुहुन्छ । युवा सेफलाई प्रोत्साहन गर्दै नेपाली खानाप्रतिको सकारात्मक विचार युवामाझ जगाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएका छन् ।

होटल व्यवस्थापनमा स्नातक अध्ययन गरेका विद्यार्थीले भाग लिन पाउने प्रतियोगितामा प्रथम हुनेले एक लाख, द्वितीयले ५० हजार र तृतीयले २५ हजार पुरस्कार पाउनेछन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ