Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsगैर आवासिय नेपालीकाे ओसियाना सम्मेलन मेमा । पर्यटन वर्ष २०२० सफल बनाउन केन्द्रित हुने ।

गैर आवासिय नेपालीकाे ओसियाना सम्मेलन मेमा । पर्यटन वर्ष २०२० सफल बनाउन केन्द्रित हुने ।


सिड्नी
अष्ट्रेलिया, न्युजिल्याण्ड लगायत प्रशान्त क्षेत्रमा बसाेबास गर्ने नेपालीले भ्रमण वर्ष २०२० सफल बनाउन एकजुट हुने तयारी थालेकाे छ ।
आउदाे मे ११ र १२ तारिखमा गैर आवासिय नेपाली संघ ओसियाना क्षेत्रकाे सम्मेलन सिड्नीमा हुदैछ । सम्मेलनकाे मुख्य एजेण्डामध्ये नेपालकाे पर्यटन प्रवर्धन र यहाँकाे सिपलाई नेपालमा कसरी लगानी गर्ने भन्ने रहेकाे पत्रकार सम्मेलनमा जानकारी गराईएकाे छ ।
‘समृद्धीका लागि एनआरएनए सधै र सबैका लागि’ भन्ने मुल नाराका साथ नेपालमा वैदेशिक लगानी, पर्यटन विकास र प्रवर्धनका लागि विदेशमा बस्ने नेपालीकाे सिप र ज्ञानलाई कसरी नेपालमा लान सकिन्छ भनेर दुई दिनसम्म घनिभुत छलफल गर्ने गैर आवासिय नेपाली संघद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै भ्रमण वर्ष २०२० सफल बनाउन गैरआवासिय नेपालीले खेल्न सक्ने भूमिकाकाे बारेमा छलफल मात्र नभई कार्यन्वयनमा समेत जाेड दिने सम्मेलनकाे उदेश्य छ ।

दुई दिने सम्मेलनमा २० राष्ट्रकाे ३ सय प्रतिनिधी सहभागी हुने बताईएकाे छ । त्यस्तै नेपाल सरकारका एक मन्त्री तथा नेपाल र अष्ट्रेलियाका राजनीतिक दलका प्रतिनिधी पनि सहभागि हुने बताईएकाे छ ।
सिड्नीकाे हायत हाेटलमा हुने सम्मेलनका लागि ८० हजार डलर खर्च हुने अनुमान छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ