Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaन्यु साउथ वेल्स र भिक्टोरियामा क्वारेन्टाइनसम्बन्धी नियम हटाइयो !

न्यु साउथ वेल्स र भिक्टोरियामा क्वारेन्टाइनसम्बन्धी नियम हटाइयो !


ब्रिजबेन, एजेन्सी । अत्यधिक धेरै जनसङ्ख्या रहेका अष्ट्रेलियाका दुई सहरमा क्वारेन्टाइनमा बस्नुपर्ने नियम हटाइएको छ । सरकारी स्वास्थ्य अधिकारीले न्यु साउथ वेल्स र भिक्टोरिया सहरमा सरकारले क्वारेन्टाइनसम्बन्धी नियम हटाएको जानकारि दिएका हुन ।

अहिले क्वारेन्टाइनको नियम हटाइएपनि चाँडै अन्य कडा प्रतिबन्धात्मक व्यवस्था क्रमस हटाइने बताइएको छ । स्थानीय नागरिकले समेत जनजीवन सहज हुने अपेक्षा गरेका छन् । यी राज्यहरुमा यसअघि कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरु कम्तीमा सात दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको थियो । प्रतिबन्धात्मक व्यवस्थाका कारण धेरै काम तथा व्यापार व्यवसायमा असर परेकाले समस्या भएको आवाज उठेपछि सरकार लचिलो बनेको बताइएको छ ।

यी राज्यहरुमा सङ्क्रमितको संख्या अझ पनि धेरै रहेको छ । कुनै स्वास्थ्यमा समस्या नभएकाहरु पनि सात दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने नियमले कतिपय कार्यालयमा कर्मचारी व्यवस्थापनमा ठूलो समस्या हुँदैआएको थियो । यी समस्या र नागरिकको आवाजलाई सम्बोधन गर्न कोरोनाका प्रतिबन्धात्मक नियम खुकुलो पारिएको सरकारी अधिकारिहरुले बताएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ