Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsफ्रान्सको राष्ट्रपतिमा पुनः इम्यानुएल म्याक्रोँ विजयी

फ्रान्सको राष्ट्रपतिमा पुनः इम्यानुएल म्याक्रोँ विजयी


पेरिस,एजेन्सी। फ्रान्सको राष्ट्रपतिमा पुनः इम्यानुएल म्याक्रोँ नै दोहोरिनुभएको छ । मुख्य प्रतिद्वन्द्वी म्यारिन ली पेनलाई हराउँदै म्याक्रोँ पुनः निर्वाचित हुनुभएको हो ।

म्याक्रोँले ५८ दशमलब ५५ प्रतिशत मत प्राप्त गर्दा पेनले ४१ दशमलब ४५ प्रतिशत मत प्राप्त गर्नुभयो । पेनले अतिदक्षिणपन्थीहरूको सबैभन्दा बढी मत प्राप्त गरेको आँकलन गरिएको छ । म्याक्रोँले अनुमान गरेभन्दा बढी मत ल्याउन सफल हुनुभएको छ । चुनावको समयमा दक्षिणपन्थी उम्मेदवार पेनले ईयूविरोधी नीति सार्वजनिक गर्नुभएको थियो। म्याक्रोँको विजयलाई युरोपेली नेताहरूले स्वागत गरेका छन् ।

‘हामीले फ्रान्स र युरोपलाई सँगसँगै अगाडि बढाउनेछौँ’, युरोपेली आयोगका अध्यक्ष युर्सुला भोन डेर लियेनले भन्नुभयो । म्याक्रोँको विजयले युरोपेली नेताहरूलाई राहत पुगेको आँकलन गरिएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले म्याक्रोँलाई बधाई दिनुभएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ