Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसगरमाथाको शिखर चुम्ने कान्छी अष्ट्रेलियन

सगरमाथाको शिखर चुम्ने कान्छी अष्ट्रेलियन

आमाछोरी एकसाथ, हालसम्म १३ अष्ट्रेलियन चुचुरोमा


ब्रिजवेन/विश्वको सर्वोच्च शिखर चुम्ने रहर कसलाई नहोला र ? तर, सबैलाई यो रहर पुरा गर्ने अवसर मिल्दैन । अझ पछिल्लो समय सगरमाथा शिखर चुमेर रेकर्ड राख्ने क्रम नै सुरु भएको छ । यसैबिच ग्याबी क्यानिजेले सगरमाथा चढ्नै सबैभन्दा कान्छी अष्ट्रेलियनको रुपमा आफ्नो परिचय बनाउनुभएको छ ।

मे १६ तारिखमा सगरमाथा शिखरमा पुग्न सफल ग्याबीको उमेर १९ वर्ष दुइ महिना मात्रै भएको छ । ग्याबीले यसअघि सन् २०१६ मा सगरमाथा चढ्ने कान्छी अष्ट्रेलियन एलिसा अजरको रेकर्ड तोड्नु भएको हो । एलिसा चुचुरोमा पुग्ने बेला ग्याबीभन्दा केही महिना मात्रै जेठी हुनुहुन्थ्यो ।

१६ वर्षकै उमेर सगरमाथा चढ्ने तयारी भएपनि, कोभिडका कारणले योजना सफल हुन सकेको थिएन ।  ग्याबीसंगै उनको आमा ५२ वर्षिय जेन क्यानिजेले समेत एकैपटक सगरमाथा शिखर चुम्नु भएको छ । जेनीले ग्याबीलाई सन् २०१८ मा पहिलो पटक सगरमाथाको बेसक्याम्प लग्नुभएको थियो । आमाछोरीले एकै पटक सगरमाथा चढ्ने यी दुइ निकै कममध्येमा पर्छन् । सन् २००८ मा आमा चेरी बार्ट र छोरी २३ वर्षिय निकीले सगरमाथा चढ्ने अष्ट्रेलियाको पहिलो आमाछोरीको रेकर्ड राख्नुभएको थियो ।

सगरमाथाको सफल आरोहण पछि ग्याबीले ८ हजार ५ सय १६ मिटर अग्लो लोत्से हिमाल समेत चढेका थिए । आमा छोरीको टिमलाई नेपालका शेर्पा गाईड टेण्डी शेर्पाको समुहले आरोहरणमा सहयोग गरेका थिए । टेण्डीले आफ्नो फेसबुकमा आफ्नो टिमले सगरमाथा र लोत्सेको सफल आरोहण गरेर बेसक्याम्पमा फर्किएको पुष्टी गर्नुभएको छ ।

टेण्डी शेर्पाको समुह

सन् १९८४ मा टिम म्याकार्टनी सगरमाथा चढ्ने पहिलो अष्ट्रेलियन बनेका थिए । हालसम्म १३ जना अष्ट्रेलियनले सगरमाथाको चुचुरोमा पाइला टेकेका छन् ।
मेलवर्नका स्थानिय बासिन्दा ग्याबीले संसारका अन्य अग्ला हिमशिखर पनि आरोहण गर्ने तयारी रहेको स्थानिय संचारमाध्यमलाई बताएका छन् । विश्वमा ८ हजार मिटर भन्दा अग्ला १४ वटा हिमाल छन्, ती मध्ये नेपालमा मात्रै ८ वटा छन् ।


ट्याग : #Australian in Everest, #Climbing Everest, #Gabby Kanizay, #Jane Kanizay, #Mt Everest, #Tendi Sherpa
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ