काठमाडौंमा बालेन्द्र र चितवनमा रेनुको चर्चा, यस्तो छ महानगर र उपमहानगरमा भिडन्त !
काठमाडौं । ६ वटा महानगर, ११ वटा उपमहानगरसहित देशभरका ७५३ वटा स्थानीय तहमा भैरहेको चुनावमा सबैभन्दा बढी चासो काठमाडौं र चितवन महानगरमा छ । काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको निरन्तरको अग्रता र चितवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीको दोश्रो कालकालका लागि भएको उम्मेदवारी र पछिल्लो समयको अग्रताले सबैको ध्यान तानेको छ ।
देशभरका पालिकामा जहाँ जस्ले जितेपनि देश विदेशमा रहेका नागरिकमा खासै चासो छैन । यी दुई महानगरमा कस्ले बाजी मार्लान भन्ने चासो सर्वत्र छ । ६ वटा महानगरपालिकामध्ये विराटनगर महानगरपालिकाको नतिजा सार्वजनिक भइसकेको छ। विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले उम्मेदवार विजयी भएका छन् । अरु पाँच महानगरपालिकाको मतगणनाको अन्तिम नतिजा आउने अझै समय लाग्ने देखिएको छ ।
यस्तो छ ५ महानगरको पछिल्लो मतपरिणाम
१, काठमाडौं महानगरपालिकाः
स्वतन्त्र बालेन्द्र साहः ३३ हजार २ सय ६०
एमालेका केशव स्थापितः १७ हजार ६ सय ९२
कांग्रेसकी सिर्जना सिंहः १७ हजार ५सय ७९
उपमेयरमा एमालेकी सुनिता डङ्गोल २६ हजार ५ सय ७५ मतसहित अग्रस्थानमा
२, भरतपुर महानगरपालिका
माओवादी केन्द्रकी रेनु दाहालः २७ हजार ४ सय १२
एमालेका विजय सुवेदीः २२ हजार २ सय ४९
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको अग्रता कायमै
३, पोखरा महानगरपालिका
एकीकृत समाजवादीका धनराज आचार्यः ३३ हजार ४ सय ८०
एमालेका कृष्णबहादुर थापाः २९ हजार ४१
उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङको अग्रता
४, ललितपुर महानगरपालिका
कांग्रेसका चिरीबाबु महर्जनः २२ हजार ८ सय २०
एमालेका हरिकृष्ण व्यञ्जनकारः १३ हजार १ सय २४
उपमेयरमा एमालेकी मञ्जली शाक्य बज्राचार्यको अग्रता छ ।
५, वीरगञ्ज महानगरपालिका
जनता समाजवादी राजेशमान सिंहः २४ हजार ९ सय ६४
एमाले विजय सरावगीः १२ हजार ८ सय ७४
उपमेयरमा कांग्रेसका इम्तियाज आलमको निरन्तर अग्रता
११ वटा उपमहानगरपालिकामध्ये हेटौँडा, नेपालगञ्ज, घोराही, कलैया र जितपुर सिमराको नतिजा सार्वजनिक भइसक्दा ६ वटामा गणना जारी छ । हेटौँडामा मेयरमा एकीकृत समाजवादी र उपमेयरमा नेपाली कांग्रेस, नेपालगञ्जको मेयरमा कांग्रेस र उपमेयरमा जसपा, कलैयामा मेयर र उपमेयर दुवैमा एमाले, दाङको घोराहीमा पनि मेयर र उपमेयरमा एमाले तथा बाराको जितपुर सिमरामा मेयरमा माओवादी र उपमेयरमा एमाले उम्मेदवार विजयी भएका छन् । धरान, धनगढी र जनकपुरधाम उपमहानगरमा स्वतन्त्र उम्मेदवारको अग्रताले सर्वत्र चासो बढाएको छ ।
यस्तो छ, उपमहानगरको पछिल्लो मतगणनाको अवस्थाः
१, बुटवलमा
कांग्रेसका खेलराज पाण्डेयः २५ हजार ६ सय १२
एमालेका बाबुराम भट्टराईः १८ हजार ६ सय ५९
२, इटहरी
कांग्रेसका हेमकर्ण पौडेलः २६ हजार ६ सय ५२
एमालेका यामकुमार चुम्वाङ सुब्बाः २२ हजार ५ सय ८०
३, धरान
स्वतन्त्र हर्कराज राईः १२ हजार ८ सय ५
कांग्रेस किशोर राईः ११ हजार २ सय ५
एमाले मञ्जु भण्डारी सुवेदीः ९ हजार १ सय ४८
४, धनगढी
स्वतन्त्र गोपाल हमालः २२ हजार ५ सय ४१
कांग्रेसका नृपबहादुर वडः ११ हजार ५ सय ४४
५, तुलसीपुर
एमालेका टीकाराम खड्काः १० हजार ६ सय ५
कांग्रेस गेहेन्द्र गिरीः १० हजार ५ सय ३४
६, जनकपुरधाम
स्वतन्त्र मनोजकुमार साह सुड्डीः ७ हजार ७ सय ८
एमालेका शिवशङ्कर साहः ५ हजार २ सय ८०
तपाईको प्रतिक्रिया