Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनेपालमा चुनावी उपहार : पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनसँगै ग्याँसको मुल्य बढ्यो !

नेपालमा चुनावी उपहार : पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनसँगै ग्याँसको मुल्य बढ्यो !


काठमाडौं । स्थानीय तह निर्वाचनको मतदानदेखी मतगणनासम्मको १० दिनमै पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर २० रुपैयाँले महंगी थपिएको छ । नेपाल आयल निगमले (आज) आइतवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमले पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर दुई सय रुपैयाँ मुल्य बढाएको छ । अब आम उपभोक्ताले पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८०, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ६३, हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय ६६ र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ८ सय रुपैयाँ तिर्नुपर्ने भएको छ ।

निगमले यसअघि गएको वैशाख ३१ गते पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ मुल्य बढाएको थियो । देशभरका ७५३ स्थानीय तहको नेतृत्व छान्न मतदान भएकै दिन पेट्रोलियम पदार्थको मुल्य बढाइएको भन्दै सरकारको चर्को आलोचना भएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ