Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyle‘संसार छाड्ने’ म्यासेज लेखेर बेपत्ता भएका युवक भैँसेपाटीमा फेला परेपछि…

‘संसार छाड्ने’ म्यासेज लेखेर बेपत्ता भएका युवक भैँसेपाटीमा फेला परेपछि…


काठमाडौं । ललितपुरको सातदोबाटोबाट आइतबार साँझदेखि बेपत्ता भएका युवक भैँसेपाटीमा फेला परेका छन् । महानगरिय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिबिक्रम शाहले ब्राइट फ्युचर क्याम्पसमा बिबिएस चौंथो वर्षामा अध्ययनरत सरोज माबो लिम्बु भैँसेपाटीमा अर्धचेत अवस्थामा भेटिएको जानकारि दिनुभएको हो ।

आइतबार साँझ लिम्बुले कलेजको ग्रुपमा म्यासेजमा यस्तो लेखेका थिए– ‘संसारबाट बिदा लिने समय भयो । साथीहरु, तिमिहरुसँग कुरा गर्ने मन हुँदाहुँदै पनि जानुपर्ने कस्तो है यो समय ?’ साँझ ८ बजेर ५० मिनेटमा म्यासेन्जरमा लिम्बुले यस्तो लेखेपछि उनका साथीहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भैँसेपाटीस्थित पिपलबोटमा भेटिएका लिम्बुले विष पिएको आँकलन गरिएको छ ।

मुसा मार्ने विष खाएको अवस्थामा प्रहरीले उद्धार गरेर उनलाई उपचारका लागि पाटन अस्पतालमा पठाएको छ । परिवार र साथीभाईसँग छुट्टिएर फर्पिङको जंगल हुँदै भैंसेपाटीमा पुगेका उनी किन यो अवस्थामा पुगे भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ