गैरआवासीय नेपालीलाई डिजिटल परिचयपत्र, एनआरएनए नागरिकता कहिले ?
काठमाडौं । एनआरएन नागरिकताको आवाज उठिरहँदा सरकारले गैरआवासीय नेपालीलाई डिजिटल परिचयपत्र जारी गर्ने भएको छ । सरकारले संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९\८० को नीति तथा कार्यक्रममार्फत गैरआवासीय नेपालीलाई परिचयपत्र दिने घोषणा गरेको हो ।
गैरआवासीय नेपालीले लामो समयदेखि दोहोरो नागरिकताको माग गर्दै आएका छन् । एनआरएनए नागरिकताको बहस सुरु भएपनि कार्यान्वयनमा आउन सकिरहेको छैन । एनआरएन नागरिकता तत्काल सम्भव नभएपछि सरकारले रेमिट्यान्स बढाउन प्रोत्साहन गर्ने गरी डिजिटल परिचयपत्र जारी गर्ने घोषणा गरेको टिकाटिप्पणी सुरु भएको छ ।
विदेशमा नेपालीको हकहित संरक्षण गर्ने र समस्यामा परेका नेपालीलाई सहयोग गर्ने कार्यलाई प्रभावकारी बनाउने नीति समेत सरकारले अघि सारेको छ । कन्सुलर सेवालाई सरल, सहज र पहुँचयोग्य तुल्याउन स्थानीय तहसँगको सहकार्यलाई थप विस्तारका साथै विद्युतीय राहदानी सहज रूपमा उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
तपाईको प्रतिक्रिया