अहिलेसम्म कतिले चढे सगरमाथा शिखर ? मे २९ मा अष्ट्रेलियाभर अन्तर्राष्ट्रिय एभरेष्ट डे मनाइँदै !
ब्रिजबेन, अष्ट्रेलिया । फेडरेसन अफ नेप्लीज कम्युनिटी एशोसिएसन अफ अष्ट्रेलिया फेन्काको आयोजनामा अष्ट्रेलियाका सबै राज्य र टेरेटोरीहरुमा अन्तर्राष्ट्रिय एभरेष्ट डे मनाइने भएको छ । फेन्काका प्रवक्ता दिपक विष्टले आगामी २९ मे मा विभिन्न कार्यक्रम गरी चेतनामूलक दिवस मनाउन लागिएको जानकारि दिनुभएको हो ।
सगरमाथा दिवसको यस पटकको नारा लेट्स प्रिजर्भ माउन्ट एभरेष्ट राखिएको छ । संस्थाका अध्यक्ष कृष्ण हमालले मे २९ तारिखका दिन मनाइने एभरेष्ट डेमा नेपाली समूदायका अगुवाहरु, नेपाली दूतावासका प्रतिनिधि, महावाणिज्यदूतहरु, राजनीतिक नेतागण, नेपाली पत्रकारहरुका साथै अष्ट्रेलिया हिमालय फाउन्डेसन, फ्रेड होलो फाउन्डेसन र सगरमाथा आरोहीहरुको सहभागिता रहने बताउनुभयो । हरेक राज्यमा विहान प्रभातफेरिको आयोजना गरिने र कुनै पार्कमा भेला भएर बार्बिक्यूका साथमा सगरमाथा आरोहीहरुको अनुभव साटासाट गर्ने कार्यक्रम रहेको बताइएको छ । साँझपख भने वेविनारका माध्यमबाट अन्तरक्रिया गर्ने गरि एभरेष्ट डे को तालिका बनाइएको छ ।
यो आईडी र पासवर्ड मार्फत वेविनारमा सहभागी हुन सक्नुहुनेछ : ZOOM ID : 820 6109 3007, Passcode: 280612
अहिलेसम्म कति अष्ट्रेलियनले चढे त सगरमाथा शिखर ?
सन् १९८४ मा टिम म्याकार्टनी सगरमाथा चढ्ने पहिलो अष्ट्रेलियन बन्नुभएको थियो । गत मे १६ तारिखमा सगरमाथा शिखरमा पुगेर कान्छी अष्ट्रेलियनको परिचय ग्याबी क्यानिजेले बनाउनुभएको थियो सगरमाथ चढ्ने समयमा ग्याबीको उमेर १९ वर्ष दुइ महिना मात्रै थियो । हालसम्म १३ जना अष्ट्रेलियनले सगरमाथाको चुचुरोमा पाइला टेकेका छन् । विश्वमा ८ हजार मिटर भन्दा अग्ला १४ वटा हिमाल रहेकोमा नेपालमा मात्रै ८ वटा छन् ।
६८ वर्षमा कतिले चढे सगरमाथा शिखर ?
तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन आठ हजार ८४८ मिटर अग्लो विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक पाइला टेकेसँगै सगरमाथा आरोहणको सुरुवात भएको थियो । ६८ वर्षको अवधिमा करिब ९ हजार हाराहारि पर्वतारोही शिखरमा पुगिसकेका छन् । आरोहणकै क्रममा अहिलेसम्म करीब ३ सय ५० जनाले ज्यान गुमाएका छन् ।
तपाईको प्रतिक्रिया