Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsसिड्नीमा फुटवल मैदानमै नेपाली खेलाडीबिच कुटाकुट । ३ महिना जेल हुन सक्ने । (भिडियो सहित)

सिड्नीमा फुटवल मैदानमै नेपाली खेलाडीबिच कुटाकुट । ३ महिना जेल हुन सक्ने । (भिडियो सहित)


सरल गुरुङ/सिड्नी

नेपाली समाजमा भाईचार बढाउनका लागि खेलिएकाे फुटवलमा खेलाडीबिच कुटाकुट भएकाे छ । 

खेलका क्रममा पछाडीबाट धक्का दिएकाे भन्दै सुरु भएकाे विवाद लम्बिएर कुटाकुटकाे स्थित सृजना भएकाे हाे । 

गाेरखा नेपाली समाजले आयाेजना गरेकाे जिएनसी लिग अन्तरगत तेस्राे स्थानका लागि भएकाे खेलमा प्रतिष्पर्धी खेलाडीबिच कुटाकुट भएकाे हाे । खेलाडीहरु मैदानकाे जाली नाघेर बाहिर गई कुटाकुट गरेका थिए । 

आईतबार सिड्नीमा तेस्राे स्थानका लागि सगरमाथा फुटवल क्लव र सेन्टजर्ज नेपलिज क्लबबिच खेल भएकाे थियाे । 

आयाेजक गाेरखा नेपाली समाज जिएनसीले खेलाडीहरुकाे यस्ताे हर्कतलाई अनुशासनहिन भनेकाे छ । 

जिएनसीका अध्यक्ष जितमान लिम्बुले त्यस्ता खेलाडी र टिमलाई कडाभन्दा कडा कारवाही गरिने बताउनुभयाे । 

“हामीले भाईचारा बढाउन खेल आयाेजना गरेका हाै” लिम्बुले भने- “तर खेलाडीहरुले भाईचारकाे ठाउमा दुश्मनी बढाए” । क्लबले खेलाडीहरुलाई अनुशासन सिकाउनुपर्ने लिम्बकाे जाेड छ । 

जिएनसीले १९ वर्षदेखि लिग आयाेजना गर्दै आएकाे छ । हरेक वर्ष हुने लिगमा यसपाली २७ वटा नेपाली टिम सहभागि थिए । ५ महिनासम्म जारी लिगकाे अन्तिम चरणमा पुगेर दुखद् घटना भएकाे भन्दै जिएनसीले सबै खेलाडी र क्लबहरुलाई अनुशासनमा रहन अनुराेध गरेकाे छ । 

कसरी भयाे कुटाकुट ? 

खेलकाे २२ अाै मिनेटमा सगरमाथाका गाेल किपरले बल मैदानकाे बिचमा  रहेकाे खेलाडी साथीलाई बल पास गर्छ । ती खेलाडीले स्टाईकर बिमललाई बल पास गर्न खाेज्दा सेन्टजर्जका आशिष आचार्यकाे खुट्टामा पर्छ । बिमलले पछाडीबाट बल खाेस्न खाेज्छन् । 

बिमलकाे खुट्टामा अलझिएर आशिष लडेपछि विवाद सुरु हुन्छन् । नेपालकाे ए डिभिजनमा समेत खेलेका खेलाडी विमलले दुबै हात उठाएर पछि सर्छन् । तर, सेन्टजर्जका खेलाडी आशिष भने उत्तेजित हुन्छन् । अश्लिल गाली गर्दै अन्य खेलाडीलाई समेत धकाल्न पुग्छन् ।

याे सबै दृश्य देखेका रेफ्रीले दुबै खेलाडीलाई पहेलाे कार्ड दिएर सचेत गराउछ र खेल सामान्य रुपमा अघि बढ्न खाेज्छ । 

तर, मैदान बाहिरबाट केही समर्थकले नजिकै गएर केही भनेपछि खेलाडीहरु फेरि उग्र हुन्छन् । 

अनि मैदानमा लगाएकाे तारा जाली नाघेर बाहिर गई एक आपसमा कुटाकुट गर्छन् ।

सिड्नीमा आयाेजित जिएनसी लिग फुटवल खेलका क्रममा सगरमाथा र सेन्टजर्ज नेपाली क्लबका खेलाडीहरु एकआपसमा कुटाकुट गर्दै । तस्बिर- फ्युजन स्पाेर्टस् ओजकाे भिडियाेबाट

कुटाकुटकाे दृश्य फ्युजन स्पाेर्टस् ओजकाे फेसबुकमा लाईभ समेत भएकाे छ । 

खेलाडी र क्लबलाई प्रतिबन्ध लगाउने तयारी 

अष्ट्रेलियन नेपलिज फुटवल एसाेसियसन( एन्फा) र आयाेजक जिएनसीले घटनाकाे छानविन गरिरहेकाे छ । कुटाकुट भएकाे भिडियाे संकलन गर्ने, प्रत्यक्षदर्शीलाई साेधपुछ गर्ने तथा संलग्न क्लबलाई लिखित जवाफ माग्ने काम भईरहेकाे जिएनसीका अध्यक्ष लिम्बुले जानकारी दिनुभयाे । 

छानविन सकिएपछि कारवाही गरिने बताईएकाे छ । घटनामा संलग्न खेलाडी र क्लबलाई फुटवल खेल्न प्रतिबन्ध लगाउन सक्ने सम्मकाे कारवाही हुने लिम्बुले जानकारी दिनुभयाे ।

एन्फाले पनि याे घटनालाई गम्भिर रुपमा लिएकाे छ ।

अष्ट्रेलियाकाे नेपाली समाजमा हुने हरेक जसाे फुटवलमा झगडा हुने गरेपनि सामान्य नै हुन्थ्याे तर,  पछिल्लाे घटना चाहि अलि गम्भिर नै भएकाे एन्फाका प्रमुख विजेन बटाजुकाे भनाई छ । व्यवासायिक हुदै गरेकाे अष्ट्रेलियाली नेपाली फुटवलमा भएकाे याे घटना गम्भिर भएकाे बटाजुले बताउनुभयाे । “दिन रात नभनि हामी स्वयम् सेवी भएर ५ महिनासम्म फुटवल खेलायाै”- बटाजुले भने- “खेलाडीहरुकाे यस्ताे रवैया हटाउन एन्फा लाग्नेछ” । 

सार्वजनिक स्थलमा कुटाकुट गर्ने खेलाडीलाई ३ महिना जेल हुनसक्ने 

अष्ट्रेलियामा सार्वजनिक ठाउँमा झगडा गर्नुलाई अपराध मानिन्छ । सर्वसाधारण लाई निशुल्क प्रवेश व्यवस्था भएका सार्वजनिक स्थानमा शान्ति सुरक्षामा खलल पुर्याएको तथा अभद्र क्रियाकलाप गरेको कसुर प्रमाणित भएमा सजाय हुने व्यवस्था छ । यसको कसुर प्रमाणित भएमा बढीमा १२ सय ५० डलर जरिवाना वा ३ महिनाको जेल सजाय हुन सक्छ । 

कसुरको गम्भीरता, स्थानको संवेदनशिलताको आधारमा सजाय तय हुने व्यवस्था रहेको छ । 

खेलाडीकाे याे घटना मैदानभित्र नभई मैदान बाहिर भएकाल पनि अष्ट्रेलियन प्रहरीमा उजुरी परेमा फाैजदारी कानुन अनुसार कारवाही पनि हुनसक्छ । 

अष्ट्रेलियामा नेपाली फुटवल भिडियो रिपोर्ट 

https://www.youtube.com/watch?v=6IG3VcBnims

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ