चर्चित मोडलको अश्लिल भिडियो देखाएर ७ करोड बार्गेनिङ गर्ने गिरोह प्रहरी फन्दामा !
काठमाडौं । नेपालकी एक जना चर्चित मोडलको अश्लिल भिडियो देखाएर ७ करोड बार्गेनिङ गर्ने एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रेमीसँगको अश्लिल भिडियो हात पारेको गिरोहले भिडियो सार्वजनिक गरिदिने भन्दै धम्की दिएर ७ करोड रुपैयाँ बार्गेनिङ गरेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले घटनामा संलग्न भएको अभियोगमा उदयपुरका सुजन आचार्य, कालीकोटका टेक विक, बझाङका धर्मराज थापा, काभ्रेपलाञ्चोकका उमेश भण्डारी, गुल्मीकी बसन्ता खनाल, चितवनका सुरज शर्मा र काठमाडौं सिनामंगलका श्रवण कार्कीलाई पक्राउ गरेको छ । मोडलले ल्यापटप बनाउनका लागि सिनामंगलस्थित सुरज र श्रवणको कम्प्यूटर मर्मत पसलमा लगेकि रहिछन् । ल्यापटप बनाउने वेला उनीहरुले अश्लिल भिडियो भेट्टाएपछि चासोका साथ हेरेको र चर्चित व्यक्ति देखेपछि उनीहरुले कपी गरेर राखि बार्गेनिङ गर्नलाई पछि अन्य विभिन्न व्यक्तिसँग मिलेमतो गरेको पाइएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताउनुभयो । पहिले चिनजान भएका काभ्रेका उमेशलाई उनीहरुले भिडियो देखाएका थिए, उमेश आफूले मात्र केही गर्न नसक्ने भन्दै खनाल र थापासँग कुरा गरेको पाइएको छ । उनीहरु कुनै समय एउटै सञ्चारमाध्यममा काम गरेका व्यक्ति समेत हुन । उनीहरु पाँचै जनाले बार्गेनिङ गर्न आँट नगरेपछि यो विषय पहिलेसँगै काम गरेका २१ वर्षीय सुजनसम्म पुगेको र उनैमार्फत बार्गेजिङ अघि बढेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सुजन यसअघि पनि प्रहरी समेतको मिलेमतोमा हिरा लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परिसकेका व्यक्ति हुन । बार्गेनिङ ७ करोडको भएपनि पीडित तीन करोड दिन तयार भएको र गिरोहले नमानेपछि प्रहरी कहाँ उजुरी पुगेको पाइएको छ । पैसा दिन भन्दै प्रहरी टोली नै उनीहरुले बोलाए ठाउँमा पुगेर ७ जनाको गिरोह पक्राउ गरेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारि दिएको छ ।
ट्याग : #७ करोड बार्गेनिङ, #७ जना पक्राउ, #अपराध अनुसन्धान कार्यालय, #प्रेमीसँगको अश्लिल भिडियो
तपाईको प्रतिक्रिया