Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaबलात्कार र यौन दुर्व्येवहार विरुद्ध सिड्नीमा नेपाली विद्यार्थीको गोलाकार सभा

बलात्कार र यौन दुर्व्येवहार विरुद्ध सिड्नीमा नेपाली विद्यार्थीको गोलाकार सभा

गठन भयो युवा समुह


सिड्नी/बलात्कार र यौन दुर्व्येवहारबाट सिकार भएका पीडितलाई न्याय देउ भन्दै सिड्नीमा नेपालीहरुले गोलाकार सभाको आयोजना गरेका छन् । सिड्नीमा अध्ययनरत नेपाली विद्यार्थीहरुले शनिवार अर्बन पार्कमा कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा सहभागी ५० भन्दा बढी सहभागीले गोलाकार आकारमा घुम्दै जस्टिस फर भिक्टिम भन्दै नारा लगाएका थिए । नेपालमा बलात्कार र यौन दुर्व्येवहारको घटना सार्वजनिक हुने क्रम बढेको तथा अष्ट्रेलियाको नेपाली समाजमा पनि यस्ता घटना भइरहेकाले यसको नियन्त्रणका लागि विद्यार्थीले यस्तो कार्यक्रमको आयोजना गरेको बताएका छन् ।

सिड्नीमा सोसियल वर्क अध्ययन गरिरहनु भएकी विद्याथी अजिना कार्की, यमुना कडे“ल र सबला बस्नेतको सक्रियतामा कार्यक्रमको आयोजना भएको हो । ‘हामी तिनै जनामाथी घर, विद्यालय वा आफन्तको घरमा कुनै न कुनै तरिकाले यौन दुर्व्येवहार भएको छ’- आयोजक मध्येकी अजिनाले भन्नुभयो -‘अरुलाई पनि यस्तो नहोस् र भइहाले पनि बोल्नुपर्छ भन्ने सन्देश दिनका लागि यो कार्यक्रमको आयोजना गरेका हौं ।’

कार्यक्रममा यौन हिंसामा परेका १० भन्दा बढी सहभागीहरुले सेतो चार्ट पेपरमा रातो रंग पोतेका थिए । त्यस्तै सहभागी स्वेता सिंखडाले यौन दुर्व्येवहार सम्बन्धी अभिनय प्रस्तुत गर्नुभएको थियो । त्यस्तै हिंसामा परेकी एक चेलीको कथा समेत वाचन गरिएको थियो । सहभागीहरुले ‘रेप इज रेप’, ‘डन्ट हाइड स्पिक अप’ र ‘एमआइ सेफ’ जस्ता नारा लेखिएको प्लेकार्ड समेत बोकेका थिए ।

कार्यक्रम गैरआवासिय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले कन्सटेन्सी संचालकबाट बलात्कृत भएको चेलीले न्याय पाउनुपर्नेमा जोड दिनुभयो । ‘सानी नानीदेखि हजुरआमासम्म सुरक्षित छैनन्’- गुरुङले भन्नुभयो -‘त्यसैले सबै जना एकजुट भएर बलात्कार र यौन दुर्व्येवहार विरुद्ध आवाज उठाउनुपर्छ ।’  त्यस्तै पीडितलाई न्याय दिने र दोषीलाई कारवाही गर्ने क्रममा निर्दोष मान्छे फस्न नहुने कुरामा समेत सबै सचेत हुनुपर्ने गुरुङको भनाई छ । युवाहरुले गर्ने चेतनामुलक कार्यक्रममा एनआरएनएले सधै साथ दिने समेत गुरुङले विश्वास दिलाउनुभयो । कार्यक्रममा सहभागी एनआरएनए न्यु साउथ वेल्सका संयोजक देव गुरुङले पनि यस्ता कार्यक्रमले समाजमा चेतना ल्याउने हुदा एनआरएनले सधै साथ दिने बताउनुभयो ।

कार्यक्रममा आयोजक समुहले यौन दुर्व्येवहारमा परेका नेपालीहरुलाई सहयोग गर्न ‘लेट्स गेट युनाइटेड’ नामक समुह समेत घोषणा गरेका छन् । यसका अभियन्ता मध्येका एक अजिना कार्कीले यौन हिंसामा परेका व्यक्तिलाई न्याय दिलाउनका लागि स्थानिय स्तरमा उपलब्ध सेवासंग पहुच पुर्याउन सहयोग गर्ने उदेश्यले समुह बनाइएको बताउनुभयो । अष्ट्रेलियामा भएका नेपाली संघसंस्थाबाट सहयोग पाउन गार्हो हुने तथा पीडितको पहुच पनि नपुग्ने भएकाले युवाहरुको स्वतन्त्र समुह गठन गर्नुपरेको कार्कीले बताउनुभयो । पीडितले आफ्नो समुहसंग सामाजिक संजालहरु तथा फोनमा सिधै सम्पर्क गरेर आफ्नो समस्या सुनाउन सक्ने समेत कार्कीले बताउनुभयो ।


ट्याग : #justice for victim, #nepali student in Sydney, #rape victim
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ