Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaक्विन्सल्याण्डमा जुलाई १९ मा Walk for Welfare, कति जुट्ला सामूदायिक भवनलाई सहयोग ?

क्विन्सल्याण्डमा जुलाई १९ मा Walk for Welfare, कति जुट्ला सामूदायिक भवनलाई सहयोग ?


ब्रिजबेन । क्विन्सल्याण्डमा नेपाली समुदायको आफ्नो मौलिक पहिचान झल्काउने नेपाली सामुदायिक केन्द्र भवन र जग्गा प्राप्तीको पहल चलिरहँदा यसैलाई सहयोग पुर्याउने उद्देश्यले Walk for Community Welfare कार्यक्रम आयोजना हुने भएको छ । गैर आवासीय नेपाली संघ अष्ट्रेलिया, क्विन्सल्याण्ड राज्य समिति एवम् नेपलिज असोसिएसन अफ क्विन्सल्याण्डको सक्रिय सहभागिता र क्विन्सल्याण्ड नेपाली साँस्कृतिक केन्द्र (QNCC) को अगुवाईमा हुने अभियान आगामी १९ जुलाईका दिन हुन लागेको हो ।

Walk for Community Welfare को यो कार्यक्रम १९ जुलाई आईतवारका दिन बिहान ७:०० देखि ११ बजे सम्म माउण्ट कुथामा हुनेछ । यो अभियानमा समुदायको सहभागिता व्यापकरुपमा बढाउनुपर्ने आवश्यकता महशुस गर्दै एनआरएनए क्विन्सल्यण्ड संयोजक समेत रहनुभएका सामाजिक अगुवा विनोद भक्त आचार्यले आईतवारको बिहानी केही किलोमिटर हिडी आफूलाई स्वास्थ राख्न र नेपाली समूदायको लागि योगदान दिन आह्वान गर्नुभएको छ ।

एनआरएनए क्विन्सल्यण्ड संयोजक समेत रहनुभएका सामाजिक अगुवा विनोद भक्त आचार्यले मार्फत संकलित रकमको ७० प्रतिशत क्विन्सल्यण्डमा सामूदायिक भवन निर्माण र जग्गा प्राप्तीका लागि खर्च गरिने र बाँकी रकम गैर आवासीय नेपाली संघ, अष्ट्रेलियाको कल्याण कोषमा जम्मा गरिने जानकारि दिनुभयो । कार्यक्रममा उपस्थित समुदायका सदस्यहरुलाई क्विन्सल्याण्ड नेपाली साँस्कृतिक केन्द्रको हालसम्मको प्रगति र भावी कार्यक्रमको वारेमा जानकारी गराइने भएकाले सबैको सहभागिताको अपेक्ष गरिएको समेत संयोजक आचार्यले बताउनुभयो ।

संयोजक आचार्यले सामाजिक सञ्चाल फेसबुकमार्फत समेत मिठो सपना र बिभिन्न उद्देश्य बोकेर कुनै न कुनै बाध्यताले बिदेशिन पुगेका हामी, हाम्रो मनको अन्तरकुनामा सधैभरी नेपालीपन,नेपाली कलासंस्कृति र परम्परा जिवित रहेको भन्दै बिदेशी भुमीमै भएपनी आफ्नै नामको जग्गा, नेपाली कलात्मकताले भरीएको भवन, भगवानको मन्दिर वा गुम्बा बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ । बालबालिका र आफन्त भेटघाटका क्रममा क्विन्सल्यण्ड रहनुभएका अभिभावकहरुलाई कुनै शुल्क नलाग्ने बताइएको दौड प्रतियोगितामा सहभागि हुन विद्यार्थीले १० डलर, वयस्कले ५० डलर र परिवारसहित उपस्थित हुनेहरुले १०० डलर तिर्नुपर्नेछ ।

गैर आवासीय नेपाली संघ, अष्ट्रेलियाले हरेक बर्ष बिभिन्न राज्यमा आफ्नो कल्याण कोषमा रकम जम्मा गर्ने र समुदायको सरोकारका बिषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले केहि बर्ष देखि Walk for Welfare कार्यक्रमको आयोजना गर्दै आएको छ ।

Walk for Community Welfare सहभागि हुन यो लिंक़मा क्लिक गरी आफ्नो नाम दर्ता गरौ र पवित्र कार्यको एक हिस्सा बनौँ ।


ट्याग : #१९ जुलाई, #JC Slaughter Falls, #Mount Coot-tha, #Walk for Community Welfare, #क्विन्सल्याण्ड नेपाली साँस्कृतिक केन्द्र (QNCC), #क्विन्सल्याण्ड राज्य समिति, #गैर आवासीय नेपाली संघ अष्ट्रेलिया, #नेपलिज असोसिएसन अफ क्विन्सल्याण्ड
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ