सिड्नीमा नेपाली कामदारमाथी तातो कफी छ्याप्ने प्रहरी सम्पर्कमा आए
कमन असल्टको अभियोग
सिड्नी/ एक नेपाली कामदारमाथी तातो कफीले हानेको आरोप लागेका ३१ वर्षिय युवक आफै प्रहरी सम्पर्कमा आएका छन् ।उनीमाथी प्रहरीले कमन असल्टको मुद्दा दर्ता गरेको छ ।
बिहिबार बिहान ११ बजेतिर सिड्नीको रोजहिलस्थित एक क्याफेमा काम गरिरहेका कफी बारिष्टा सुमन घितालमाथी ग्राहकले तातोकफी छ्यापेका थिए । २७ वर्षिय सुमनको स्थाई घर ललितपुर हो । नेपालट्युबसंग कुरा गर्दै समुनले सो घटनाबाट आफु अझै पनि त्रसित भईरहेको बताउनुभयो । तीन वर्षदेखि सुमन सो क्याफेमा काम गर्दै आईरहेका छन् ।
रेष्टुरेन्टले फेसबुकमा सार्वजनिक गरिएको सिसिटिभी फुटेजमा खरानी रंगको हुडी लगाएका ती ग्राहकले छेउमा उभिएकी महिलाग्राहकको कफिको पैसा तिर्न खोज्दछ । तर, ती महिलाले हुन्न भनेपछि सुमनले पैसा लिन अस्विकार गर्छ । त्यहि रिसको झोकमा तीपुरुष ग्राहकले हातमा लिएको तातो कफी सुमनलाई हान्छन् । कफीले लागेर सुमनको अनुहार र हातमा पोलेको छ ।
अवस्था समान्य रहेको भन्दै सुमनलाई रियल हिरो भन्दै रेष्टुरेन्टले पोष्ट गरेको छ ।
घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । घटनाको एक दिनपछि शुक्रबार साझ ती युवक आफै प्रहरी सम्पर्कमा आएर बयानदिएको न्यु साउथ वेल्स प्रहरीले जनाएको छ ।
ती युवकलाई पारामाट्टा सथानिय अदालतले जुलाई २६ मा हाजिर हुन निर्देशन दिएको छ ।
ट्याग : #cafe, #Suman dhital, #sydney
तपाईको प्रतिक्रिया